बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

प्रत्यक्ष निर्वाचन नजितेका क्षेत्रमा रास्वपाले दियो समानुपातिक सांसदलाई जिम्मेवारी, कहाँ को ? (सूचीसहित)

मङ्गलबार, ०८ वैशाख २०८३, १२ : १८
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई नयाँ जिम्मेवारी तोकेको छ।
  • पार्टीको सचिवालय र केन्द्रीय समिति बैठकले प्रत्यक्ष निर्वाचनमा नजितेका क्षेत्रहरूमा सांसदहरूलाई खटाउने निर्णय गरेको हो।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ । 

आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

 सचिवालयको सोही निर्णय अनुसार समानुपातिक सांसदहरूको कार्य विभाजन गरी सोमबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो । बैठकको निर्णय अनुसार सांसदहरूको जिम्मेवारी तोकेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार जानकारी दिए । 

‘पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ’, बुर्लाकोटीले भने ।

कहाँ को सूची हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप