आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद्

आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ ७ दिनभित्र दिनुपर्ने*

मङ्गलबार, ०८ वैशाख २०८३, १५ : २४
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • प्रतिनिधि सभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ मन्त्रीहरूले १५ दिनभित्र दिनुपर्ने व्यवस्था गरिएको छ।
  • यसअघि ७ दिनभित्र जवाफ दिने व्यवस्था रहेकोमा नियमावलीको मस्यौदामा सो समय बढाएर १५ दिन पुर्‍याइएको हो।

काठमाडौँ । प्रतिनिधि सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयको जवाफ सभामा सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भएको छ।

प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा सभामा उठेका विषयमा ७ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था गरिएको छ। सत्तापक्षीय सांसदहरूले १५ दिनभित्र जवाफ दिनुपर्नेमा जाेड दिएका थिए । तर प्रतिपक्षी दलहरूकाे अडानले यसअघिकै व्यवस्था कायम गरिएकाे हाे।

यसअघि पनि प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली २०७९ मा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएको जवाफ ७ दिनभित्र दिनुपर्ने व्यवस्था थियो।

समाचार शीर्षकमा अन्यथा भएकाले सच्याइएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप