प्रतिनिधि सभा
प्रतिनिधि सभामा अब फोटो खिच्नदेखि अडियो, भिडियो रेकर्ड गर्न नपाइने
मङ्गलबार, ०८ वैशाख २०८३, १५ : ३१
१
सारांश
- प्रतिनिधि सभाको बैठकमा अब फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न निषेध गरिएको छ।
- प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो नयाँ व्यवस्था थपिएको छ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा अबदेखि फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्ताे व्यवस्था गरिएको हो ।
नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ । सो नियमको बैठकमा पालन गर्नुपर्ने नियम शीर्षकको उपनियम (ट)मा लेखिएको छ, ‘बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’
यसअघिको कार्यसञ्चालन नियमावलीमा यो व्यवस्था थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण