आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
संसद्

प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली विशेष कानुन सरह !

मङ्गलबार, ०८ वैशाख २०८३, २० : २८
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले नियमावलीलाई सङ्घीय विशेष कानुन सरह हुने गरी तयार पारेको छ।
  • मस्यौदा समितिका सभापति गणेश पराजुलीले उक्त मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाउनुभएको छ।
  • अन्य राजनीतिक दलका सांसदहरूले यो व्यवस्था रवि लामिछानेलाई जोगाउन गरिएको आरोप लगाएका छन्।

काठमाडौँ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले नियमावली सङ्घीय विशेष कानुन सरह हुने गरी मसौदा तयार पारेर सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले बुझाएको नियमावलीको मस्यौदामा नियमावली सङ्घीय विशेष कानुन उल्लेख छ । 

नियमावलीको नियम २५९ मा नियमावली लागू हुने शीर्षकमा यस्तो व्यवस्था गरिएको हो। नियमावली प्रतिनिधि सभाको विशेष अधिकारका रूपमा रहने पनि सोही नियममा उल्लेख छ ।

यस्तो छ नियमावलीको नियम २५९ः

672124663_1248444234120152_5840794874440363173_n

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलका सांसदहरूले यो व्यवस्था गरिनुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जोगाउन भएको रूपमा अर्थ्याएका छन्। 

सभापति लामिछाने माथि सहकारी ठगीको आरोपमा विभिन्न अदालतहरूमा मुद्दा चलिरहेको छ।

आज मात्रै सर्वोच्च अदालतमा लामिछानेलाई सांसदका रूपमा कामकाज गर्न नदिन भन्दै रिट दायर गरिएको थियो। तर उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप