आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस सभापति थापा र नेकपा संयोजक प्रचण्डबिच भेटवार्ता

मङ्गलबार, ०८ वैशाख २०८३, २१ : १७
मङ्गलबार, ०८ वैशाख २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा संयोजक  पुष्पकमल दाहाल 'प्रचण्ड'बिच मंगलबार दिउँसो भेटवार्ता भएको छ ।

प्रचण्ड निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । 

प्रतिनिधिसभा निर्वाचनपछि यी दुई शीर्ष नेताबिच भएको यो पहिलो भेटवार्ता हो । 

भेटबारे जानकारी दिँदै नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले समसामयिक विषयमा कुराकानी भएको बताएका छन् । रातोपाटीसँग कुराकानी गर्दै प्रवक्ता चालिसेले भने, 'हाम्रा पार्टी सभापति गगन थापा र प्रचण्डबिच भेटवार्ता भएको हो । समसामयिक विषयमा कुराकानी भएको छ ।' 

भेटवार्तामा वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप