राइड सेयरिङका क्रममा यात्रुको गोपनीयता भङ्ग गरी भिडियो बनाउनेलाई प्रहरीको चेतावनी
सारांश
- राइड सेयरिङका चालकहरूले यात्रुको गोपनीयता भङ्ग गर्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने क्रम बढेपछि प्रहरीले कारबाहीको चेतावनी दिएको छ।
- प्रहरीले राइड सेयरिङ सेवालाई मनोरञ्जन वा भ्युज बटुल्ने माध्यम नबनाउन चालकहरूलाई सचेत गराएको छ।
- यात्रुको प्रतिष्ठामा आँच आउने गरी भिडियो बनाउने र सामाजिक सञ्जालमा राख्ने काम तत्काल रोक्न प्रहरीले निर्देशन दिएको छ।
काठमाडौँ । काठमाडौँमा पछिल्लो समय केही राइड सेयरिङ चालकहरूले सेवाग्राहीको गोपनीयता उल्लङ्घन गर्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने क्रम बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौँले कारबाही गर्ने चेतावनी दिएको छ।
प्रहरीले राइड सेयरिङ सेवालाई मनोरञ्जन वा भ्युज बटुल्ने माध्यम नबनाउन चालकहरूलाई सचेत गराएको हो।
कतिपय चालकहरूले यात्रुसँगको व्यक्तिगत कुराकानी रेकर्ड गर्ने, अपशब्द प्रयोग गर्ने र त्यसलाई भ्लग बनाएर फेसबुक, टिकटक लगायतका प्लेटफर्ममा पोस्ट गरिरहेको पाइएकाले त्यस्ता गतिविधि तत्काल रोक्न प्रहरीले निर्देशन दिएको छ। प्रहरीले हालसम्म सामाजिक सञ्जालमा राखिएका त्यस्ता भिडियोहरू तुरुन्त हटाउन आग्रह गर्दै अटेर गरेमा कडा कानुनी कारबाही गर्ने स्पष्ट पारेको छ।
यसअघि काठमाडौँको नक्साल भगवती बाहल मन्दिर नजिकै एक महिला यात्रीमाथि अभद्र व्यवहार गर्ने र सोही दृश्यको भिडियो बनाएर भाइरल बनाउने युवकलाई गत चैत २७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो।
ती युवकले मोटरसाइकलमा सवार महिला यात्रीको मर्यादा र प्रतिष्ठामा गम्भीर आँच आउने गरी अपशब्द प्रयोग गरेको र उक्त क्रियाकलापको भिडियो खिचेर टिकटकमा फैलाएको पाइएपछि प्रहरीले तत्काल कारबाही प्रक्रिया अघि बढाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण