बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत
सारांश
- नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट चाँडै बिदा हुने दाबी गरेका छन्।
- उनले सुकुम्वासी बस्ती खाली गराउने र गरिबमाथि प्रहार गर्ने सरकारको कदमप्रति कडा आपत्ति जनाएका छन्।
- बस्नेतले यो सरकार लोकतान्त्रिक संस्कार नभई अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन्।
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा नरहेको दाबी गरेका छन् । अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न उर्दी जारी गरेको भन्दै उनले सरकारप्रति आक्रोश पोखेका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले “शनिबार–आइतबारभित्र अतिक्रमित सुकुम्वासी बस्ती खाली गर” भन्दै उर्दी जारी गरेछन्। यो निर्णयले सरकारको असली चरित्र नाङ्गो बनाएको छ। उनकै दलका सभापति रवि लामिछानेले “सुकुम्वासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु” भनेर ठुलो भाषण दिनुहुन्थ्यो। आज त्यो प्रतिबद्धता कहाँ गयो ? जनतालाई भ्रममा राख्ने भाषण मात्रै हो त ?'
उनले प्रश्न गरेका छन्– 'सुकुम्बासीलाई लखेट्ने हो कि व्यवस्थित गर्ने ?गरिबी हटाउने हो कि गरिबलाई नै समाप्त पार्ने ? सडक चौडा र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयको घरमाथि डोजर चलाउने, भन्सारमा १०० रुपैयाँभन्दा बढीका सामानमा कडाइ गरेर गरिबको दाल–चामल खोस्ने१ यो तिम्रो प्रगति होइन, सीधा गरिबमाथिको हमला हो। विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले स्पष्ट देखाइसकेको छ। यो सरकार लोकतान्त्रिक संस्कार तर्फ होइन, अधिनायकवादतर्फ उन्मुख सत्ता हो। यस्तो जनविरोधी र गरिबमारा शासनलाई जनता चुप लागेर हेर्ने छैनन्।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण