आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु

बिहीबार, १० वैशाख २०८३, १८ : १४
बिहीबार, १० वैशाख २०८३

सिरहा । सिरहामा मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु भएको छ । सिरहा चोहर्वा सडक खण्डअन्तर्गत नरहा गाउँपालिका ३ खैरिया टोलमा बिहीबार भएको सवारी दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सदरमुकाम सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६  नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल आउँदै गरेकी खातुनलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेश बहादुर पालले बताए । मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ।

खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप