रवि लामिछानेलाई रक्षा बमको प्रश्न: भोलि छाती थाप्न आउनुहुन्छ नि ?
सारांश
- सरकारले सुकुम्बासी बस्तीका टहरा भत्काउने निर्णय गरेपछि रवि लामिछानेमाथि प्रश्न उठेको छ।
- अभियन्ता रक्षा बमले चुनावका बेला गरेको वाचा सम्झाउँदै लामिछानेलाई छाती थाप्न आउन चुनौती दिएकी छन्।
काठमाडौँ । सरकारले वैशाख १२ गतेदेखि सुकुम्बासी बस्तीका टहराहरू भत्काउने निर्णय गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि प्रश्न उठेको छ । जेनजी अभियन्ता रक्षा बमले सामाजिक सञ्जालमार्फत लामिछानेलाई उनले विगतमा गरेको वाचा सम्झाउँदै प्रश्न गरेकी हुन् ।
निर्वाचनका समयमा लामिछानेले उचित व्यवस्थापन नगरी सुकुम्बासी बस्तीमा डोजर चलाइए आफू ‘छाती थाप्न’ आउने बताएका थिए । सोही प्रसङ्गलाई उल्लेख गर्दै अभियन्ता बमले बिहीबार सञ्जालमा लेखेकी छन्, ‘आदरणीय रवि लामिछाने ज्यू, भोलि छाती थाप्न आउनुहुन्छ नि यहाँ ? तपाईंको पार्टीलाई भोट दिनु नै गल्ती भएछ भन्दै छन्। वर्षौंदेखि सुकुम्बासी बसेका ठाउँलाई भोट बैंक मात्र बनाउँदै आएका दलहरूभन्दा तपाईँहरू फरक हुनुहुन्न रे ।’
बमले लामिछानेको चर्चित कार्यक्रमको शैलीलाई व्यङ्ग्य गर्दै सोधेकी छन्, ‘सभापति ज्यू, सिधा कुरा सुकुम्बासीसँग कहिले गर्नुहुन्छ ? भोलि आउनुस् ल ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण