आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

शुक्रबार, ११ वैशाख २०८३, ०० : ५२
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • जनता माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुने भयो, शिलान्यास पनि गरियो ।
  • मुख्यमन्त्री कार्की, काउन्सिलर ब्रैंडन र मेयर सुवेदीले संयुक्त रुपमा शिलान्यास गरे ।
  • करिब पाँच करोड ८० लाख रुपैयाँको आर्थिक सहयोगमा भवन बन्ने र यसले सिक्ने वातावरण बनाउनेछ ।

काठमाडौँ । झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुने भएको छ । सो भवनको आज शिलान्यास समेत गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले शुक्रबार संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।

भारत सरकारको आर्थिक सहयोग करिब पाँच करोड ८० लाख रुपैयाँमा सो भवन निर्माण हुन लागेको यहाँस्थित दूतावासले जनाएको छ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत झापाको गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

कार्यक्रममा मुख्यमन्त्री तथा अन्यले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे। नयाँ संरचनाले गौरादह नगरपालिकामा विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने उनीहरुले विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप