वास्तविक सुकुम्बासीको पहिचान र वैकल्पिक व्यवस्थापछि मात्र व्यवस्थापन गर : आयोग
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले वास्तविक सुकुम्बासीको पहिचान र वैकल्पिक व्यवस्था गरेर मात्र बस्ती व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।
- आयोगले अतिक्रमित जग्गा खाली गराउँदा नागरिकमाथि बल प्रयोग नगरी संयमित रहन सरकारको ध्यानाकर्षण गराएको छ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको बाग्मती किनार लगायतका स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारको तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै वास्तविक सुकुम्बासीको पहिचान र उनीहरूको वैकल्पिक व्यवस्था गरेर मात्र व्यवस्थापन प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।
सरकारले शनिबारदेखि बाग्मती किनारका सुकुम्बासी बस्ती हटाउने तयारी गरेको सन्दर्भमा आयोगले यस्तो प्रतिक्रिया दिएको हो। आयोगले यसअघि २०६९ जेठ १ गते नै वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई वैकल्पिक आवासको व्यवस्था मिलाएर मात्र व्यवस्थापन गर्न सिफारिस गरेको स्मरण गराएको छ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आयोगका सिफारिसहरू र सर्वोच्च अदालतबाट भएका आदेशहरूको कार्यान्वयन गर्दै वास्तविक सुकुम्बासीहरूको पहिचान एवं आवश्यक व्यवस्थापन गर्न आवश्यक छ।'
आयोगले अतिक्रमित जग्गा खाली गराउने क्रममा नागरिकमाथि अत्यधिक बल प्रयोग नगर्न र संयमित रहन समेत नेपाल सरकारलाई निर्देशन दिएको छ। साथै, आयोगले यस विषयमा विगतमा गरिएका सिफारिसहरूको कार्यान्वयनको प्रगति विवरण माग गर्दै सरकारलाई पत्राचार समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण