इरानी सरकार अझै सञ्चालनमा रहेको दाबी
सारांश
- इरानका शीर्ष नेताहरूको निधनपछि नेतृत्व कमजोर भए पनि सरकार अझै सञ्चालनमा रहेको दाबी गरिएको छ।
- इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सको प्रभाव बढ्दै गएको अवस्थामा इरानमा शक्ति सन्तुलनको सङ्घर्ष देखिएको छ।
- राष्ट्रपति ट्रम्पको टिप्पणीको जवाफमा इरानी अधिकारीहरूले आफूहरू एकताबद्ध रहेको सन्देश जारी गरेका छन्।
काठमाडौँ । अमेरिका र इजरायली आक्रमणका कारण इरानमा शीर्ष नेताहरूको निधन भएपछि सरकारमा व्यापक हेरफेर भएको छ । यद्यपि, सरकार अझै कायमै रहेको पश्चिम एसियाको एक पत्रिकाका प्रधान सम्पादकले बताएकी छन् ।
युएईको पत्रिका द नेशनलकी सम्पादक मिना अल–ओराइबीका अनुसार इरानमा शीर्ष तहका नेताहरू तथा अमेरिकासँग वार्ता गर्ने अनुभवी व्यक्तिहरूको धरै हदसम्म अन्त्य भएको छ, जसले नेतृत्व कमजोर बनाएको छ ।
नयाँ नेतृत्व उदाउँदै गर्दा शक्ति सन्तुलनको सङ्घर्ष देखिएको छ । विशेष गरी इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) नेतृत्वको कठोर धारका समूहहरू अहिले प्रभावशाली अवस्थामा छन्, जबकि केही पक्ष कूटनीतिक समाधान खोज्न चाहिरहेको उनको भनाइ छ ।
आईआरजीसी इरानको शक्तिशाली सैन्य निकाय हो, जसले क्षेत्रीय सैन्य गतिविधिमा प्रमुख भूमिका खेल्दै आएको छ । अमेरिकाले यसलाई आतङ्कवादी सङ्गठनका रूपमा सूचीकृत गरेको छ ।
यद्यपि, अल–ओराइबीले इरानले विगतदेखि “गुड कप–ब्याड कप” रणनीति प्रयोग गर्दै आएको र यसले जटिल मुद्दाहरू समाधान हुन ढिलाइ गराउने गरेको पनि बताइन् । उनका अनुसार ठुलो चुनौती र अस्थिरताका बाबजुद पनि राज्य संयन्त्र पूर्ण रूपमा ध्वस्त भएको छैन, यो अझै सञ्चालनमै छ ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा स्पष्ट नेतृत्व नदेखिएको भन्दै वार्ता अघि बढ्न नसकेको आरोप लगाएका छन् । उनले सरकार गम्भीर रूपमा विभाजित रहेको टिप्पणी गर्दै एकीकृत प्रस्ताव ल्याउन समय दिन युद्ध विराम लम्ब्याइएको बताएका थिए ।
तर ट्रम्पको यस अभिव्यक्तिलाई इरानले फरक ढङ्गले हेरिरहेको छ । मध्यराति तेहरानमा स्थानीय इरानी मोबाइल नेटवर्कहरूमा तिनीहरूका सबै ग्राहकहरूलाई एउटा सन्देश पठाइएको थियो ।
राष्ट्रपति ट्रम्पको अभिव्यक्तिको प्रतिक्रियामा पठाइएको सो सन्देशलाई राष्ट्रपति, संसदीय सभामुख, न्यायपालिका प्रमुख र अन्य उच्चपदस्थ अधिकारीहरूको साझा सन्देश भनिएको थियो । ‘इरानमा कट्टरपन्थी वा उदारवादी भन्ने कुनै चीज छैन,’ टेक्स्टमा लेखिएको थियो, ‘हामी सबै इरानी र क्रान्तिकारी हौँ...एउटै राष्ट्र, एउटै मार्ग ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण