रास्वपा सांसद विश्वराज पोखरेलले मागे माफी
ओखलढुंगा । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियोप्रति क्षमायाचना गरेका छन् ।
शनिबार जारी प्रेस विज्ञप्तिमार्फत उनले घटनाको पूर्ण सन्दर्भ नबुझी आंशिक दृश्य मात्र सार्वजनिक हुँदा वास्तविकता त्यस्तो नभएको बताएका छन् ।
पोखरेल वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका–२ रानीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा जिल्लावासीसँग भेटघाट, अन्तर्क्रिया तथा स्थानीय अवस्था बुझ्ने उद्देश्यले पुगेका थिए । उक्त क्रममा आफू विद्यालय पुग्दा प्रधानाध्यापक गेटसम्म स्वागत गर्न नआएको भन्दै उनले आक्रोश व्यक्त गरेको भिडियो सार्वजनिक भएपछि उनको व्यापक आलोचना भएको थियो ।
विज्ञप्तिमा उनले सार्वजनिक जीवनमा रहँदा बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने स्वीकार गरेका छन् । 'मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान र भावनामा चोट पुगेको भए हृदयदेखि क्षमायाचना गर्दछु,' उनले उल्लेख गरेका छन् ।
यस घटनापछि उनकै दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले उनको व्यवहारप्रति व्यंग्यात्मक टिप्पणी गरेका थिए । त्यसपछि उनले औपचारिक रूपमा माफी मागेका हुन् ।
पोखरेलले आफू जनताको सेवकका रूपमा सदैव जिम्मेवार र मर्यादित रहने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ संयमित र संवादमुखी भएर काम गर्ने बताएका छन् ।
उनले निकालेको विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)
-
हाइड्रेसन प्रविधिको बढ्दो लोकप्रियताः के तपाईंलाई आफ्नो ‘पसिनाको स्कोर’ थाहा छ ?
-
सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार
-
महाधिवेशन नसकिँदै चितवन छाड्न थाले रास्वपाका नेता, कार्यकर्ता
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण