बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जितुको ‘आइ एम जीतबहादुर’ असारमा प्रदर्शन हुने

सोमबार, १४ वैशाख २०८३, १३ : ०४
सोमबार, १४ वैशाख २०८३

सारांश

  • अभिनेता जितु नेपालले निर्माण गरेको फिल्म ‘आइ एम जीतबहादुर’ आगामी असार ५ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
  • गाउँबाट सहर आएर कलाकार बन्न सङ्घर्ष गर्ने एक युवाको कथा बोल्ने यस फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने वर्षा राउतले उहाँको जोडीको भूमिका निर्वाह गरेकी छन् ।
  • भारतीय सिनेमाटोग्राफर अरविन्दले छायाङ्कन गरेको र सुभेन्दु घोषकै कथा तथा निर्देशन रहेको यस फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै गरिएको छ ।

काठमाडौँ । अभिनेता जितु नेपालको निर्माण रहेको फिल्म ‘आइ एम जीतबहादुर’ आगामी असार ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन तिमि घोषणा गरेका हुन् ।

भारतीय बङ्गाली निर्देशक सुभेन्दु घोषको निर्देशन रहेको फिल्मले गाउँबाट सहर आएर कलाकार बन्न सङ्घर्ष गर्ने एक युवाको कथा बोल्छ । फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन् ।

प्रियङ्का कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारहरूको समेत अभिनय रहेको फिल्म कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको हो । कार्यकारी निर्माता निश्चल कुँवर र नीरज नेपाल रहेको फिल्ममा राजन सिम्खडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा जोडिएका छन् ।

भारतीय सिनेमाटोग्राफर अरविन्दले छायाङ्कन गरेको फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै गरिएको छ । सुभेन्दु घोषकै कथा तथा निर्देशन रहेको ‘आइ एम जीतबहादुर’को वितरण आरआर फिल्मसले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

अभिनेता जितु नेपालले तीन दशकभन्दा बढीको कलाकारिता यात्रामा दर्जनौँ चलचित्र तथा टेलि चलचित्रमा अभिनय गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप