सुकुम्बासीहरूको आवास अधिकार र न्याय सुनिश्चित गर्न माग गर्दै रिट दर्ता
सारांश
- सुकुम्बासीहरूको आवासको अधिकार र न्याय सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भूमिहीन र सुकुम्बासीहरूलाई उचित वैकल्पिक व्यवस्था नगरी बलपूर्वक हटाउन खोजिएको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर गराएका हुन् ।
- रिटमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरेर हटाउने कार्य रोक्न अन्तरिम आदेशको माग गरिएको छ ।
काठमाडौँ । देशभरका सुकुम्बासीहरूको आवासको अधिकार र न्याय सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । भूमिहीन र सुकुम्बासीहरूलाई उचित वैकल्पिक व्यवस्था नगरी बलपूर्वक हटाउन खोजिएको भन्दै त्यसलाई रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गराएका हुन् ।
उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइ वैशाख १५ गतेका लागि पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्रीको हालैको निर्देशन वा कुनै पनि निर्णयका आधारमा सुकुम्बासीहरूलाई बसोबासबाट नहटाउन र हटाउनुअघि अनिवार्य रूपमा वैकल्पिक बसोबासको प्रबन्ध मिलाउन ‘परमादेश’ को माग गरेका छन् । साथै भूमिहीन नागरिकहरूको आवासको हक सुनिश्चित गर्नका लागि राज्यले एउटा ठोस र राष्ट्रव्यापी गुरुयोजना निर्माण गर्नुपर्ने माग रिटमा उल्लेख छ ।
कुनै पनि नागरिकलाई उचित विकल्प र कानुनी प्रक्रिया विना आफ्नो आवासबाट बलपूर्वक बेदखल नगर्न माग गरिएको छ । रिटमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म काठमाडौँ लगायत देशका कुनै पनि सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरेर हटाउने कार्य नगर्न र सोसम्बन्धी कुनै पनि सूचना वा परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम ‘अन्तरिम आदेश’ जारी गर्न माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण