पश्चिम एसिया द्वन्द्व : सैन्य खर्च उल्लेख्य रूपमा बढेन
सारांश
- पश्चिम एसियामा तनाव र द्वन्द्व चलिरहेको भए पनि सन् २०२५ मा सैन्य खर्च उल्लेखनीय रूपमा नबढेको नयाँ प्रतिवेदनले देखाएको छ।
- स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान (सिप्री)का अनुसार क्षेत्रीय सैन्य खर्च करिब २१८ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा केवल शून्य दशमलव १ प्रतिशत मात्रै बढी हो।
- इजरायलको सैन्य खर्च ४.९ प्रतिशतले घटेर ४८.३ अर्ब डलरमा झरेको छ भने इरानमा सैन्य खर्च लगातार दोस्रो वर्ष घटेर ७.४ अर्ब डलर पुगेको छ।
काठमाडौँ । पश्चिम एसियामा तनाव र द्वन्द्व चलिरहेको भए पनि सन् २०२५ मा सैन्य खर्च उल्लेखनीय रूपमा नबढेको नयाँ प्रतिवेदनले देखाएको छ।
स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान (सिप्री)का अनुसार क्षेत्रीय सैन्य खर्च करिब २१८ अर्ब डलर पुगेको छ।जुन अघिल्लो वर्षको तुलनामा केवल शून्य दशमलव १ प्रतिशत मात्रै बढी हो।
इजरायलको सैन्य खर्च ४ दशमलव ९ प्रतिशतले घटेर ४८ अर्ब ३ अर्ब डलरमा झरेको छ। यो कमी गाजामा आक्रमणको तीव्रता जनवरी २०२५ को युद्ध विरामपछि घटेकासँग सम्बन्धित मानिएको छ । यद्यपि इजरायलको खर्च अझै पनि सन् २०२२ को तुलनामा ९७ प्रतिशतले बढी रहेको छ।
अर्कोतर्फ इरानमा सैन्य खर्च लगातार दोस्रो वर्ष घटेको छ। सन् २०२५ मा यसको खर्च ५ दशमलव ६ प्रतिशतले घटेर ७ अर्ब ४ करोड डलर पुगेको छ । सिप्रीका अनुसार यो गिरावट उच्च मुद्रास्फीतिका कारण भएको हो, जहाँ वार्षिक महँगी दर करिब ४२ प्रतिशत पुगेको छ।
रिपोर्टमा संलग्न अनुसन्धानकर्ता जुबैदा करिमले इरानको वास्तविक सैन्य खर्च आधिकारिक तथ्यांकभन्दा बढी हुन सक्ने सङ्केत दिएकी छिन्। उनका अनुसार इरानले बजेट बाहिरका तेल आम्दानी प्रयोग गरेर मिसाइल र ड्रोन उत्पादनजस्ता सैन्य कार्यक्रम सञ्चालन गरिरहेको हुनसक्ने बताइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण