जे एण्ड जे हेल्थ एकेडेमीले मनायो १८औँ वार्षिकोत्सव
सारांश
- जे एण्ड जे हेल्थ एकेडेमीले आफ्नो १८औँ वार्षिकोत्सव काठमाडौँको थापाथलीस्थित आफ्नै परिसरमा विशेष उत्सव तथा सेवामूलक कार्यक्रमहरू आयोजना गरी मनाएको छ ।
- वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष हिरा लाल तन्डुकारले उद्घाटन गरेका थिए भने निःशुल्क स्वास्थ्य परामर्श र मङ्गल भोजन कार्यक्रम पनि सम्पन्न गरियो ।
- मेडिकल प्रवेश परीक्षा तयारीको अग्रणी संस्थाको रूपमा सुरु भएको एकेडेमीले अब गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्ने स्वास्थ्य सेवा प्रदायकको रूपमा आफूलाई स्थापित गरेको छ ।
काठमाडौँ । चिकित्सा शिक्षाको प्रवेश परीक्षा तयारी र स्वास्थ्य सेवामा सक्रिय जे एण्ड जे हेल्थ एकेडेमी आज (मङ्गलबार) १८औँ वार्षिकोत्सव मनाएको छ ।
आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सवको अवसर पारेर एकेडेमीले काठमाडौँको थापाथलीस्थित आफ्नै परिसरमा विशेष उत्सव तथा सेवामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ ।
वार्षिकोत्सवको औपचारिक उद्घाटन काठमाडौँ महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष हिरा लाल तन्डुकारले गरेका थिए ।
उद्घाटन समारोहमा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । १८औँ वर्षगाँठको खुसीयालीमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परामर्श तथा ’मङ्गल भोजन’ कार्यक्रमको समेत आयोजना गरेको थियो ।
मेडिकल प्रवेश परीक्षा तयारीको अग्रणी संस्थाको रूपमा आफ्नो यात्रा सुरु गरेको एकेडेमीले गुणस्तरीय चिकित्सा सेवाको बढ्दो आवश्यकतालाई महसुस गर्दै क्लिनिकल सेवाहरू समेत सञ्चालनमा ल्याएको छ । हाल थापाथलीमा अवस्थित जे एण्ड जे हेल्थ एकेडेमी एक विश्वसनीय स्वास्थ्य सेवा प्रदायकको रूपमा स्थापित छ ।
बिहान ७ः३० बजे औपचारिक कार्यक्रमबाट सुरु भएको वार्षिकोत्सव उत्सवमा ९ बजेदेखि दिउँसो २ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा सहभागी हुन आएका बिरामी तथा सर्वसाधारणका लागि विज्ञहरूले परामर्श प्रदान गरेका थिए । आगामी दिनहरूमा अझ सुलभ र गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको संस्थाले जनाएको छ।
_mmvJ1j2BJO.jpg)
_TJLk1NbhW0.jpg)
_9MSOfhnhyp.jpg)
_yELpgMTK8q.jpg)
_ge5LQbuEXb.jpg)
_MVNhHK9tvW.jpg)
_QNP5Sbgnm1.jpg)
_TfiYEIkkTj.jpg)
_nE29t8VV6b.jpg)
_KLSrTT2gHV.jpg)
_SMOEhgSdks.jpg)
_17k6gY23Ui.jpg)
_ZF3qdNpdlQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
-
पुल बनेपछि आवतजावत सहज
-
तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण