लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
आइतबार, २० वैशाख २०८३, ०९ : ००
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको आधार स्तम्भ स्वतन्त्र र निर्भय प्रेस भएको बताएका छन्।
- विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले सूचना सङ्कलन र सत्यको खोजी चुनौतीपूर्ण बन्दै गएको बताए।
- उनले प्रेस स्वतन्त्रता नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि भएको र सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको दायित्व भएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
बदलिँदो समयमा सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको उनको ठहर छ। उनले भनेका छन्– 'कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बिच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान ।'
शुभकामना सन्देशमा थापाले भनेका छन्– 'प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो। सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण