बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फोटो

हेर्नुहोस् साताका ७ तस्बिर

आइतबार, २० वैशाख २०८३, १२ : ३५
आइतबार, २० वैशाख २०८३

काठमाडौँ । सो साता सुकुमबासी बस्तीमा डोजर चलाइएको विषय नै चर्चामा रह्यो । 

सरकारले बल्खु, बालाजु, टेकु, स्वयम्भू, शंखमुललगायतका क्षेत्रमा डोजर चलाएर बस्ती हटायो भने यो विषयमा पक्ष विपक्षमा बहस पनि भइरहेका छन् । 

यसबाहेक विभिन्न घटनाक्रम सातामा भए । साताभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको साप्ताहिक स्तम्भ ‘साताका ७ तस्बिरमा प्रस्तुत गरिएको छ– 

 

1 (6)

१. सुकुमबासीलाई अस्थायी रूपमा बसोबास गराउन नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवनमा तयारी गर्दै ।

 

1 (4)

२. नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन भएपछि समर्थकहरू खुसी व्यक्त गर्दै

 

1 (5)

३. संयुक्त विद्यार्थी सङ्गठनले विद्यार्थी सङ्गठन खारेजीको विरोधमा त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गर्दै

 

1 (2)

४. कलाकर्मीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै

 

1 (3)

५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पूर्णस्तरको आपतकालीन अभ्यासका क्रममा आगो निभाउँदै दमकलकर्मी ।

 

1 (1)

६. २६७०औं बुद्ध जयन्तीको अवसरमा स्वयम्भू स्तूप दर्शन गर्न पुगेका भक्तजन

 

1 (7)

७. स्वयम्भू क्षेत्रको अतिक्रमित बस्ती हटाउन डोजर चलाइँदै गर्दा नजिकै उभिएर अवलोकन गर्दै युवा भिक्षुहरू

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप