बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाटन हत्या प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

सोमबार, २१ वैशाख २०८३, १७ : २०
सोमबार, २१ वैशाख २०८३

सारांश

  • प्रहरीले ललितपुरको कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्या प्रकरणमा अनुसन्धान पुरा गरी प्रतिवेदन बुझाएको छ ।
  • चैत २५ गते भएको यो घटनामा सञ्जीव नेपालीलाई मुख्य आरोपीको रूपमा पक्राउ गरिएको छ, जसले गलत नम्बरमा फोन गर्दा विवाद बढेपछि छुरा प्रहार गरी हत्या गरेको प्रहरीको निष्कर्ष छ ।
  • प्रहरीले मुख्य आरोपी सञ्जीव नेपाली विरुद्ध जन्मकैद र सहयोगी गगन सुनार विरुद्ध मतियारको भूमिकामा कैद सजाय माग दावी गरेको छ ।

काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्या भएको घटनामा प्रहरीले अनुसन्धान पुरा गरेको छ । चैत २५ मा सुमित नेम्बाङ र सृजन नेम्बाङको हत्या भएको घटनाको अनुसन्धान सकेर प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोलमा बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजनको हत्या आरोपमा प्रहरीले सञ्जीव नेपालीलाई पक्राउ गरेको थियो । मृतक सहोदर दाजुभाइ हुन् ।

पाटन दरबार स्क्वायर क्षेत्रमा घुम्न जाँदा त्यसअघि कहिल्यै नभेटेका नेपालीले उनीहरूलाई छुरा प्रहार गरेर हत्या गरेका थिए । गलत नम्बरमा फोन जाँदा विवाद बढेपछि छुरा प्रहार गरेर उनीहरूको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको एसएसपी बोगटीले बताए । उनले भने– ‘आरोपी विरुद्ध जन्मकैदको माग दावी लिनुपर्ने राय दिएका छौँ ।’

घटना हुँदा सञ्जीवसँगै गएका नवलपरासीका २१ वर्षीय गगन सुनारलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सुनार ललितपुर–८ स्थित सुबहालमा बस्छन् ।  प्रहरीले गगनलाई मतियारको भूमिकामा कैद सजाय गर्न मागदावी लिनुपर्ने राय दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप