कास्कीका अरु पालिकाले पनि निकाले सार्वजनिक जग्गा खाली गर्ने सूचना
सारांश
- पोखरा महानगरपालिकाले सूचना जारी गरेपछि कास्कीका अन्नपूर्ण र मादी गाउँपालिकाले पनि सरकारी जग्गा खाली गर्न सूचना निकालेका छन् ।
- दुवै गाउँपालिकाले ३५ दिनभित्र अतिक्रमण हटाउन र प्रमाणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।
- तोकिएको समयभित्र अटेर गरेमा वा प्रमाण पेश नगरेमा कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
पोखरा । पोखरा महानगरपालिकाले ३५ दिने सूचना निकालेपछि आन्दोलित सुकुमबासी समस्या अरु पालिकामा पनि प्रवेश भएको छ । कास्कीका अन्नपूर्ण र मादी गाउँपालिकाले पनि सरकारी, ऐलानी, पर्ती र सार्वजनिक जग्गामा विना अनुमति निर्माण भएका संरचना हटाउन सूचना निकालेका हुन् । ३५ दिनभित्र अतिक्रमण हटाउन र आवश्यक प्रक्रिया पूरा गर्न सार्वजनिक सूचना जारी गरेका छन् ।
दुवै स्थानीय तहले अतिक्रमण नगरेको प्रमाणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन आग्रह गर्दै तोकिएको समयभित्र नआए कानुनअनुसार कारबाही अघि बढाउने चेतावनी दिए । अन्नपूर्ण गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय कास्की र गृह मन्त्रालयबाट प्राप्त पत्रका आधारमा सार्वजनिक तथा सरकारी जग्गा संरक्षणका लागि सूचना जारी गरेको जनाएको छ ।
‘अतिक्रमण नगरिएको भए तोकिएको समयभित्र प्रमाणसहित उपस्थित हुनू, अन्यथा नियमअनुसार कारबाही गरिनेछ,’ सूचनामा भनिएको छ । यता, मादी गाउँपालिकाले जारी गरेको सूचनामा पनि जिल्ला प्रशासन कार्यालय कास्कीको पत्र र गृह मन्त्रालयको निर्देशनअनुसार गाउँपालिकाभित्रका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न यस्तो कदम चालिएको जनाइएको छ ।
‘यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिले गाउँपालिका वा वडा कार्यालयमा उपस्थित भई आवश्यक विवरण पेश गर्नुपर्नेछ,’ सूचनामा उल्लेख छ । साथै, सार्वजनिक स्थानमा बसोबास गरिरहेका व्यक्तिले पनि आफ्नो स्वामित्वको प्रमाणसहित निवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण