अभिनेता विजयको पार्टीलाई समर्थन गर्ने कंग्रेसको संकेत
तमिलनाडु । भारतीय राष्ट्रिय कंग्रेसले तमिलनाडुमा दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता विजयको राजनीतिक पार्टी तमिलगा भेट्ट्री कझगम (टीभीके) लाई समर्थन गर्ने संकेत दिएको छ।
कंग्रेस महासचिव केसी वेणुगोपालले टीभीकेका प्रमुख विजयले नयाँ सरकार गठनका लागि कंग्रेससँग समर्थन मागेको खुलासा गरेका हुन्।
वेणुगोपालले तमिलनाडुको चुनावी नतिजाबारे टिप्पणी गर्दै भनेका छन्, ‘कंग्रेसको स्पष्ट मान्यता छ कि तमिलनाडुमा जनताले धर्मनिरपेक्ष सरकारको पक्षमा जनमत दिएका छन्, जुन सरकार संविधानको मर्म र भावना दुवैको रक्षा गर्न प्रतिबद्ध होस्।’
उनले भारतीय जनता पार्टी (भाजपा) र उसका सहयोगी दलहरूले कुनै पनि हालतमा तमिलनाडुको सत्ता सञ्चालन नगरून् भन्ने कंग्रेसको चाहना रहेको बताए।
टीभीके प्रमुख विजयले पनि कंग्रेसका ऐतिहासिक नेता कामराजबाट प्रेरणा लिएर अघि बढ्ने कुरा उल्लेख गरेको वेणुगोपालले जनाएका छन्।
यसै सन्दर्भमा कंग्रेस नेतृत्वले तमिलनाडु कंग्रेस कमिटीलाई स्थानीय जनभावना र चुनावी जनादेशलाई ध्यानमा राख्दै विजयको प्रस्तावमाथि अन्तिम निर्णय लिन निर्देशन दिइसकेको छ।
तमिलनाडुको हालै सम्पन्न चुनावमा कुल २३४ सिटमध्ये अभिनेता विजयको पार्टी टीभीकेले १०८ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ। यद्यपि, सरकार गठनका लागि आवश्यक बहुमत अर्थात् ११८ सिट पुर्याउन टीभीकेलाई थप १० सिटको आवश्यकता पर्छ। यसै चुनावमा कंग्रेसले ५ सिट जितेको छ।
कंग्रेस र अन्य धर्मनिरपेक्ष दलहरूको सम्भावित समर्थनसँगै तमिलनाडुमा नयाँ सरकार बन्ने राजनीतिक सरगर्मी तीव्र बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण