बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

देउवाविरुद्ध रेडकर्नर नोटिसका लागि पत्र पठाइयो, तर इन्टरपोल मुख्यालयबाट आएन जवाफ

बुधबार, २३ वैशाख २०८३, १३ : ४६
बुधबार, २३ वैशाख २०८३

सारांश

  • नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वसभापति शेरबहादुर देउवाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोल मुख्यालयलाई पत्राचार गरेको छ।
  • देउवा हाल हङकङमा रहेकाले उनलाई पक्राउ गरी नेपाल ल्याउन आवश्यक कागजात पठाइए पनि इन्टरपोल मुख्यालयबाट अहिलेसम्म कुनै जवाफ आएको छैन।
  • इन्टरपोल मुख्यालयबाट जवाफ नआउँदा रेड नोटिस जारी भयो वा भएन भन्ने विषयमा प्रहरीलाई अन्योल छ।

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाविरुद्ध अन्तर्राष्ट्रियस्तरमा पक्राउ पुर्जी अर्थात् ‘रेड कर्नर नोटिस’ जारी गर्न नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि प्रहरीको इन्टरपोल शाखा (एनसीबी नेपाल) ले इन्टरपोल मुख्यालयलाई पत्राचार गरेको हो ।

हाल हङकङमा रहेका देउवालाई पक्राउ गरी नेपाल ल्याउनका लागि प्रहरीले सबै आवश्यक कागजातहरू मुख्यालय पठाइसकेको छ । यद्यपि, पत्राचार गरिएको लामो समय बितिसक्दा पनि इन्टरपोल मुख्यालयबाट भने अहिलेसम्म कुनै आधिकारिक जवाफ प्राप्त भएको छैन।

जवाफ नआएकाले मुख्यालयबाट रेड नोटिस जारी भयो वा भएन भन्ने विषयमा अझैसम्म अन्योल कायम रहेको प्रहरी उच्च स्रोतले जनाएको छ।

हङकङमा रहेका देउवालाई नेपाल ल्याउने प्रक्रिया इन्टरपोलको जवाफमा निर्भर रहेको छ। देउवा चुनावअघि नै पत्नीसहित सुरुमा सिंगापुर र त्यसपछि हङकङ गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप