दक्षिणी लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु
बुधबार, २३ वैशाख २०८३, १५ : ५०
काठमाडाैँ । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको लेबनानका मिडियाहरुले जनाएका छन्।
बिन्ट जेबिल जिल्लाको देइर किफा सहरमा भएको इजरायली हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको तथा अर्को एक जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।
यसै गरी इजरायली ड्रोनले देइर किफाको इस्लामिक स्वास्थ्य सस्थामा गरेको आक्रमणमा घाइते भएका तीन जना चिकित्सकहरूलाई उपचारका लागि अस्पतालमा लगिएको जनाइएको छ । नबातीह जिल्लाको आदचित सहरमा भएको अर्को छुट्टै आक्रमणमा एक जनाको मृत्यु भएको जनाइएको छ।
यसैबिच हेजबुल्लाहले वादी अल–जमाल क्षेत्रमा सैन्य आक्रमण सहित इजरायली सेनाहरू विरुद्ध जवाफी आक्रमणको घोषणा गरेको छ।
इजरायल र लेबनानबिच अप्रिल – १६ देखि लागु भएको को युद्धविरामको बावजुद यो झडप भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण