कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी हुन २५०० रजिस्ट्रेसन शुल्क
सारांश
- नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी हुनेका लागि २५०० रुपैयाँ दर्ता शुल्क तोकेको छ ।
- भेला वैशाख २६ र २७ गते धनगढीमा आयोजना हुँदैछ ।
- यो कार्यक्रम यसअघि स्थगित भएको थियो र पुनः आयोजना गरिएको हो ।
काठमाडौँ । नेपाली कांग्रेसले वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्ने ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’मा सहभागी हुनेले २५०० सय रजिस्ट्रेसन शुल्क तिर्नुपर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले वैशाख २३ गते सुदूरपश्चिम प्रदेश कार्यसमितिलाई लेखेको पत्रमा शुल्कबारे उल्लेख छ ।
‘कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले गर्नेछ भने स्थानीय संयोजन जिल्ला कार्यसमिति कैलालीले गर्नेछ । प्रत्येक सहभागीले रजिस्ट्रेसन बापत रु २५०० बुझाउनु पर्नेछ,’ कार्यवाहक मुख्यसचिव दुलालले पत्रमा लेखेका छन् ।
यसअघि गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न भन्दै सुदूरपश्चिममा वैशाख ६ गते कार्यक्रम आह्वान गरिएको थियो । त्यो कार्यक्रम स्थगित गरिएको थियो ।
सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले स्थगित गरिएको कार्यक्रम पुनः गर्न लागिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण