२७ जना नेपाली कम्बोडियाको कारागारमा, ठगीमा परेकालाई उजुरी गर्न आग्रह
काठमाडौँ । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले विवरण सङ्कलनका लागि आह्वान गरेअनुसार हालसम्म कम्बोडियामा रहेका २११ जना नेपालीले अनलाइन फाराम भरेका छन् । यसमा ९ जना महिला रहेका छन् ।
प्राप्त तथ्याङ्कअनुसार यी नेपालीहरू सन् २०२२ मेदेखि २०२६ मे महिनाको अवधिमा कम्बोडिया पुगेको देखिएको छ । दूतावासले विवरण उपलब्ध गराएकामध्ये ट्राभल डकुमेन्ट आवश्यक पर्ने व्यक्तिहरूको कागजात तयार गरी कम्बोडिया पठाइसकिएको जानकारी दिएको छ ।
कम्बोडियामा रहेका नेपालीहरूमध्ये २७ जना विभिन्न अभियोगमा पुर्पक्षका लागि त्यहाँका विभिन्न कारागारमा थुनामा रहेका छन् । दूतावासले पुर्पक्षको प्रक्रियाका क्रममा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने भन्दै सम्बन्धित पक्षलाई सचेत गराएको छ ।
यस्तै पछिल्लो समय २५ जना नेपालीहरू कम्बोडियाबाट नेपाल फर्किने क्रममा रहेको सूचना प्राप्त भएको छ । यात्रालाई सहज बनाउन दूतावासले कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्न सुझाव दिएको छ । कनेक्टिङ फ्लाइट नहुँदा ट्रान्जिट मुलुकको भिसा चाहिने र लगेज पुनः चेक–इन गर्नुपर्ने झन्झटले यात्रा कठिन हुन सक्ने दूतावासको भनाइ छ ।
कम्बोडिया पुगेका नेपालीहरूले त्यहाँ पुग्ने क्रममा विभिन्न व्यक्तिहरूलाई २ देखि ८ लाख रुपैयाँसम्म बुझाएको विवरण दूतावासमा प्राप्त भएको छ। यसरी ठगीमा परेका व्यक्तिहरूलाई नेपाल फर्किनासाथ काठमाडौँको बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गर्न दूतावासले अनुरोध गरेको छ ।
दोषीलाई कानुनी कारबाही गराउन र बुझाएको रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाउन यो कदम आवश्यक रहेको दूतावासले उल्लेख गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण