जुम्लामा एक महिनामा ५२९ जनाले गरे मतदाता नामावली दर्ता
जुम्ला । जुम्लामा एक महिनाको अवधिमा करिब ५२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा अनलाइनबाट नाम दर्ता गर्नेको सङ्ख्या बढेको हो।
निर्वाचन आयोगले गत चैत २२ गतेदेखि सुरु गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्य जुम्लामा सुुरु भएको एक महिनाको अवधिमा राष्ट्रिय परिचयपत्रमार्फत ५१३ जनाले नयाँ दर्ताका लागि आवेदन दिएका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार १६ जना भौतिक रूपमा उपस्थित भई मतदातामा नाम दर्ता गरेका छन्।
निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै यहाँका आठ वटै स्थानीय तहका स्थानीयले आवेदन दिएकामध्ये राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाट नामावलीमा नाम दर्ता गराएका निर्वाचन अधिकारी कँडेलले जानकारी दिए।
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नका लागि यहाँका सबै स्थानीय तहलाई पत्रचारसमेत गरिएको छ। आयोगले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ३४ हजार २८० महिला मतदाता र ३७ हजार ४५९ जना पुरुष मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण