शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस दैलेखका सचिवले दिए राजीनामा

शनिबार, २६ वैशाख २०८३, ११ : १३
शनिबार, २६ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेस दैलेखका सचिव खेमराज ओलीले पार्टीभित्र काम गर्न असहज भएको भन्दै शनिबार पदबाट राजीनामा दिएका छन्।
  • उनले देशमा अधिनायकवादी अवस्था आएको र लोकतान्त्रिक व्यवस्था खतरामा परेको बताएका छन्।
  • पार्टीभित्र दैनिक पदीय लोभले विवाद सिर्जना भएको र यसले पार्टीको काम गर्न असहज बनाएको उनको भनाइ छ।

दैलेख । नेपाली कांग्रेस दैलेखका सचिव खेमराज ओलीले राजीनामा दिएका छन् । शनिबार एक पत्र लेख्दै उनले पार्टीभित्र काम गर्न असहज भएको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

‘अहिले देशमा अत्यन्तै असहज अवस्था आएको र अधिनायकवादी अवस्थामा देश सञ्चालन हुँदैछ,’ उनले भनेका छन्, ‘यो अवस्थामा लोकतान्त्रिक व्यवस्था नै खतरामा पुग्ने खतरा छ । यस्तो बेला हाम्रो पार्टी जिम्मेवार भई सबै नेता गणहरूको आपसी समझदारीबाट पार्टी सञ्चालन गरी पार्टी मजबुत गराई कार्यकर्ता र जनताको उच्च मनोबल बनाउनु पर्नेमा दैनिक पदीय लोभले पार्टी भित्र विवाद सिर्जना भएको छ ।’

यस विवादित अवस्थामा पार्टीको कामकाज गर्न पूर्ण रूपमा असहज सृजना भएकोले पार्टी सचिव पदमा नरहने राजीनामा दिएको उनले भनेका छन्। 

3542

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप