नेकपा सुदूरपश्चिमको इन्चार्ज भानुभक्त जोशी, रावलले के भने ?
सारांश
- नेकपा सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भानुभक्त जोशीलाई दिइएको छ ।
- यस विषयमा नेता डा. भीमबहादुर रावललाई कुनै जानकारी नभएको र आफूसँग सल्लाह नगरी जिम्मेवारी तोकिएकोमा उनले असन्तुष्टि जनाएका छन् ।
- वरियताको विषयमा रावलले काठमाडौँ आएर कुराकानी गर्ने बताएका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीमबहादुर रावलले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भानुभक्त जोशीलाई दिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । भर्खर सम्पन्न केन्द्रीय संयोजन समितिको बैठकले रावललाई इन्चार्ज, जोशी र खगराज भट्टलाई सहइन्चार्जको जिम्मेवारी तोकेको थियो ।
तर वरीयतामा असन्तुष्टि जनाएका रावलले आफूसँग पार्टीले कुनै सल्लाह नगरी इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रदेशको इन्चार्जको जिम्मेवारी युवालाई दिन नेतृत्वलाई सुझाव दिएका थिए ।
शनिबार संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन(अपानी)–३ मा रावलको नाम हटाएर जोशीलाई सुदूरपश्चिमको इन्चार्ज बनाइएको छ । सहइन्चार्जमा भट्ट, प्रदेश संयोजक हरिराम चौधरी र सहसंयोजकमा लालबहादुर खड्का रहेका छन् । यद्यपि वरीयताको विषयमा आफू काठमाडौँ आएर कुराकानी गर्ने रातोपाटीसँग बताए ।
‘म अहिले अछाममा छु । प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको विषयमा मलाई थाहा छैन । वरियताको विषयमा काठमाडौँ आएपछि कुराकानी गरौँला’, रावलले भने ।
पार्टी एकताको बेला रावलले आफूलाई छैटौँ नम्बरको वरीयता मागेका थिए । तर उनको प्रस्ताव अस्वीकार भएपछि संयोजन समितिको बैठकमै सहभागी भएनन् । वरीयता सम्बन्धी विवाद हुने देखिएपछि संयोजक प्रचण्ड, सहसंयोजक माधव, वरिष्ठ नेताहरू झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसम्म तोकेर बाँकी नेताहरूको वर्णानुक्रम अनुसार वरीयता निर्धारण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
-
अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
-
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ
-
नर्वेले फ्रान्सविरुद्ध हार्नकै लागि खेलेको थियो, किन दियो १० खेलाडीलाई आराम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण