रुपन्देहीमा प्रहरीको स्वीप अपरेसन: सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना पक्राउ
सारांश
- रुपन्देही प्रहरीले सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ।
- प्रहरीले विभिन्न स्थानमा 'स्वीप अपरेसन' चलाउने क्रममा उनीहरूलाई समातेको हो।
- नियन्त्रणमा लिइएका व्यक्तिहरूसँगै मोडिफाई गरिएका मोटरसाइकलहरू पनि बरामद गरिएको छ।
रुपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न स्थानमा ‘स्वीप अपरेसन’ चलाउने क्रममा उनीहरूलाई समातेको हो।
प्रहरीले ती व्यक्तिहरूको साथबाट मोडिफाई गरिएका मोटरसाइकलहरू समेत बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीका बिपिन परियार र सम्मरीमाई गाउँपालिका वडा नं. ६ नगौलियाका कृष्ण गुप्ता रहेका छन्। सोही गाउँपालिकाको नगौलिया बस्ने कुसदेव यादव र पवन गुप्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतीय नागरिक सुदिप कुर्मी पनि छन् जो भारतको महाराजगञ्ज जिल्ला थाना नवतुना अड्डाबजारका बासिन्दा हुन्।
यसैगरी सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडाबाट पनि प्रहरीले युवाहरूलाई नियन्त्रणमा लिएको छ। सिद्धार्थनगर वडा नं. ९ का दिलिप कुर्मी, रोजन बोहोरा क्षेत्री र विजय राजभर तथा वडा नं. १२ का प्रतियुष बस्याल र वडा नं. ६ का सुमिद्र राणा पक्राउ परेका हुन्। रूपन्देहीकै मायादेवी गाउँपालिका वडा नं. ८ का आयुथ पौडेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कृष्ण कुमार चन्दले नियन्त्रणमा लिइएका व्यक्तिहरूका बारेमा थप अनुसन्धान कार्य जारी रहेको जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण