अपडेट
खुल्यो विमानस्थल
सोमबार, २८ वैशाख २०८३, ०८ : ४२
सारांश
- टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको विमानस्थलको सेवा पुन: सञ्चालनमा आएको छ ।
- सोमबार बिहान स्तानबुलबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पांग्रामा आगलागी भएको थियो ।
- विमानमा सवार सबै यात्रु सकुसल रहेको विमानस्थल स्रोतले जनाएको छ ।
काठमाडौँ । टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको विमानस्थलको सेवा पुन: सञ्चालनमा आएको छ ।
सोमबार बिहान स्तानबुलबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पांग्रामा आगलागी भएको थियो । जहाजलाई ट्याक्सी वेबाट तानेर पार्किङ क्षेत्रमा लगिएसँगै विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो ।
यसअघि दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो । विमानमा सवार सबै यात्रु सकुसल रहेको विमानस्थल स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण