‘यी शान्ति वार्ता होइनन्, दबाब दिने वार्ता हुन्’
सारांश
- अमेरिका र इरानले एकअर्कामाथि दबाब बढाएर कसले पहिले झुक्छ भन्ने प्रतिस्पर्धा गरिरहेको छ ।
- अमेरिकाले प्रतिबन्ध, नौसैनिक शक्ति र नाकाबन्दीमार्फत इरानमाथि दबाब सिर्जना गरिरहेको छ भने इरानले स्ट्रेट अफ होर्मुज भित्रबाट अनिश्चितता, डर र अवरोध पैदा गरेर प्रतिक्रिया दिइरहेको छ ।
- इरानको अर्थतन्त्र गम्भीर दबाबमा छ, जहाँ मुद्रास्फीति करिब ५० प्रतिशत छ ।
तेहरान । अमेरिका र इरान यतिबेलाकसले कसलाई पहिले झुकाउने भनेर लागि परेका छन् । अमेरिकाले इरानसँगको युद्धमा एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको भएपनि दुबैको नीति शान्ति वार्ता भन्दा पनि दबाब दिने खालको छ । रणनीतिक परामर्श संस्था अफ द रेकर्ड स्ट्राटिजिजका संस्थापक तथा अध्यक्ष मार्क फाइफ्लले अमेरिका र इरान दुवैले एक–अर्कामाथि दबाब बढाएर कसले पहिले झुक्छ भन्ने प्रतिस्पर्धा गरिरहेको बताएका छन् ।
“यी शान्ति वार्ता होइनन्, दबाब दिने वार्ता हुन्,” उनले भने ।
फाइफ्लका अनुसार अमेरिकाले प्रतिबन्ध, नौसैनिक शक्ति र नाकाबन्दीमार्फत इरानमाथि दबाब सिर्जना गरिरहेको छ भने इरानले स्ट्रेट अफ होर्मुज भित्रबाट अनिश्चितता, डर र अवरोध पैदा गरेर प्रतिक्रिया दिइरहेको छ ।
उनले भने, “यो मूलतः यस्तो प्रतिस्पर्धा हो, जहाँ कसले नियन्त्रण नगुमाई लामो समयसम्म दबाब सहन सक्छ भन्ने हेरिँदैछ ।” फाइफ्लका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अहिलेको अवस्था “पर्ख र हेर” रणनीतिजस्तो बनेको छ । उनका धेरै विकल्पहरू सीमित भइसकेकाउ उनी भन्छन् । ट्रम्प प्रशासनले इरानी सरकार थाक्ने वा झुक्ने प्रतीक्षा गरिरहेको उनको विश्लेषण छ ।
इरानको अर्थतन्त्र अहिले गम्भीर दबाबमा छ । इरानी मुद्रा रियालको मूल्य तीव्र रूपमा घटिरहेको छ र एक अमेरिकी डलर बराबर करिब १८ लाख ४० हजार रियालसम्म पुगेको छ । रोटी, खाने तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि २०० प्रतिशतभन्दा माथि पुगेको र समग्र मुद्रास्फीति करिब ५० प्रतिशत रहेको फाइफ्लले बताए ।
तर चुहावट भएको अमेरिकी गुप्तचर मूल्यांकनले ट्रम्प प्रशासनको रणनीतिलाई जटिल बनाएको पनि उनले बताए । उक्त मूल्यांकनअनुसार इरानले यस्तै स्तरको दबाब अझै केही महिना सहन सक्ने अनुमान गरिएको छ । “अब ट्रम्पको आगामी कदम के हुन्छ भन्ने अझै स्पष्ट छैन,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण