बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्र्याकर बन्द गरेर स्ट्रेट अफ होर्मुज पार भए तीन वटा तेल ट्याङ्कर

सोमबार, २८ वैशाख २०८३, १३ : ०८
सोमबार, २८ वैशाख २०८३

सारांश

  • कच्चा तेल बोकेका तीनवटा ट्याङ्करहरूले इरानी आक्रमणको जोखिमबाट बच्न आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेर स्ट्रेट अफ होर्मुज पार गरेका छन् ।
  • दुई विशाल तेलवाहक जहाज एगियोस फ्यानोरियस प्रथम र कियारा एमले करिब २० लाख ब्यारेल इराकी कच्चा तेल लोड गरी आइतबार स्ट्रेट अफ होर्मुज पार गरे ।
  • तेस्रो जहाजले मे १ मा २० लाख ब्यारेल अपर जाकुम क्रुड लोड गरेपछि बुधबार स्ट्रेट अफ होर्मुजबाट बाहिरिएको छ ।

तेहरान । कच्चा तेल बोकेका तीनवटा ट्याङ्करहरूले स्ट्रेट अफ होर्मुज पार गरेका छन् । इरानी आक्रमणको जोखिमबाट बच्न आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेर यी ट्याङ्करले स्ट्रेट अफ होर्मुज पार गरेको डेटा कम्पनीहरू केप्लर र एलएसईजीको डेटालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचारमा भनेको छ । 

रिपोर्टअनुसार दुई वटा विशाल तेलवाहक जहाज एगियोस फ्यानोरियस प्रथम र कियारा एमले आइतबार स्ट्रेट अफ होर्मुज पार गरेका हुन् । दुवै जहाजमा करिब २० लाख–२० लाख ब्यारेल इराकी कच्चा तेल लोड गरिएको थियो ।

भियतनामतर्फ गइरहेको एगियोस फ्यानोरियस प्रथमले अप्रिल १७ मा इराकी बेञ्चमार्क बस्रह मिडियम क्रुड लोड गरेपछि कम्तीमा दुई पटक स्ट्रेट पार गर्ने प्रयास असफल भएको बताइएको छ । 

कियारा एमको अन्तिम गन्तव्य भने स्पष्ट नभएको रोयटर्सले जनाएको छ । त्यस्तै, तेस्रो जहाजले अबुधाबीस्थित आबुधाबी नेशनल आयल कम्पनीको जिर्कु टर्मिनलबाट मे १ मा २० लाख ब्यारेल अपर जाकुम क्रुड लोड गरेको थियो । केप्लरको तथ्यांकअनुसार उक्त जहाज बुधबार स्ट्रेट अफ होर्मुजबाट बाहिरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप