१७ करोड लागतमा कर्णाली प्रदेश अस्पतालको ओपीडी भवन निर्माण हुँदै
सुर्खेत । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपीडी भवन निर्माण हुने भएको छ । भवन निर्माणका लागि सोमबार अस्पताल परिसरभित्रै शिलान्यास गरिएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको सहभागितामा भवन शिलान्यास गरिएको हो ।
प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार, भवनको लागत अनुमान सुरुमा २९ करोड ९८ लाख गरिएको थियो ।
ठेकदार कम्पनीले १६ करोड ८४ लाख लागतमा भवनको निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको छ ।
निर्माणको जिम्मेवारी चण्डीदेवी विशाल एन्ड विराट जेभी काठमाडौँ लिएको उनले बताइन् । ‘हाम्रो अहिले सञ्चालित ओपीडीको संरचना ५० शय्याको अस्पतालमा आधारित छ, तर हाम्रो सेवा अहिले ३०० शय्यामा छ,’ उनले रातोपाटीसँग भनिन्, ‘त्यसकारण भीड निकै ठुलो हुन्छ । थेग्न सक्ने अवस्था छैन ।’
छिटो–छरितो सेवाका लागि प्रदेश र केन्द्र सरकारको सह–लगानीमा छुट्टै नयाँ ओपीडी भवन निर्माण गर्न लागिएको ज्ञवालीले बताइन् । ठेकदार कम्पनीले अबको १४ महिनाभित्र निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्नुपर्ने सीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
-
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण