अध्यादेश र संसद् नियमावलीबारे नेकपाले विरोध जनाउने
सारांश
- विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले सरकारले संसद् छलेर ल्याएका अध्यादेश र प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीमाथि संसदमा विरोध जनाउने निर्णय गरेको छ ।
- दलको बैठकले सरकारको गलत कामको प्रभावकारी ढङ्गले प्रतिवाद गर्न नेता पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन् ।
- भूमिहीन सुकुमबासीको व्यवस्थापन नगरी बस्ती भत्काएको विषयमा पनि पार्टीले विरोध जनाउने तयारी गरेको छ ।
काठमाडौँ । विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले बजेट अधिवेशनमा दलको तर्फबाट प्रभावकारी भूमिका खेल्नेबारे छलफल गरेको छ । सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले सरकारको गलत कामको प्रभावकारी ढङ्गले प्रतिवाद गर्न नेता पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन् ।
सरकारले संसद् छलेर ल्याएको विभिन्न ८ वटा अध्यादेश, प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली लगायत विषयमा संसदमा विरोध जनाउनेबारे छलफल जारी रहेको सांसद गोपाल शर्माले जानकारी दिए ।
‘संसद् छलेर विभिन्न अध्यादेश जारी गरेको छ । प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीलाई सत्तारुढ दलले विशेष कानुन सरह लागू गर्ने प्रयास गरेका छन् । त्यसमा हाम्रो विमति छ । यो कुनै दल विशेषभन्दा पनि राष्ट्रिय विषय भएकाले संसदमा हाम्रो दलको विरोध रहन्छ’, रातोपाटीसँग शर्माले भने ।
यस्तै, भूमिहीन सुकुमबासी दीर्घकालीन रूपमा व्यवस्थापनको काम नगरी बस्ती भत्काएकोमा पनि नेपाली कम्युनिस्ट पार्टीले विरोध जनाउने तयारी गरेको छ ।
सरकार आफैँले बोलाएको संसद् अधिवेशन स्थगित गरी अध्यादेश ल्याएको थियो । संसद्को विशेष बैठक अहिले केहीबेरमा बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण