आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डिजिटल सुशासन ब्लु प्रिन्ट कार्यान्वयन गरिने, सरकारी तथ्याङ्कका लागि ‘जी–क्लाउड’

सोमबार, २८ वैशाख २०८३, १८ : ४४
सोमबार, २८ वैशाख २०८३

काठमाडौँ । सरकारले डिजिटल सुशासनका लागि ‘डिजिटल सुशासन ब्लु प्रिन्ट’ अनुरूप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्ने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार सङ्घीय संसद्को दुवै सदनको बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारी तथ्याङ्कलाई सुरक्षित राख्न ‘जी–क्लाउड’ र डेटा नीतिको केन्द्रीय समन्वय गरिने उल्लेख छ।

राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद र अन्तर–सञ्चालन मापदण्ड कार्यान्वयन गर्दै सरकारी क्लाउड पूर्वाधारको विकास गरिने राष्ट्रपति पौडेलले घोषणा गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप