ट्रम्पको चीन भ्रमणमा एलन मस्क र टिम कुकसहित शीर्ष अमेरिकी सीईओ सहभागी हुने
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणमा एप्पलका सीईओ टिम कुक, टेस्लाका सीईओ एलन मस्क लगायत १७ जना प्रमुख अमेरिकी व्यवसायी सहभागी हुनेछन् ।
- यस भ्रमणका क्रममा ट्रम्पले सि जिनपिङसँग भेट गर्ने कार्यक्रम रहेको छ, जसलाई अमेरिका र चीनबीचको बढ्दो आर्थिक तथा प्रविधिगत प्रतिस्पर्धाका बीच महत्त्वपूर्ण मानिएको छ ।
- चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख जेनसेन हुआङ भने यस टोलीमा समावेश छैनन्, यद्यपि उनी अमेरिका-चीनबीचको चिप र एआई प्रतिस्पर्धाको केन्द्रमा रहेको कम्पनीका प्रमुख हुन् ।
वाशिङटन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको यस साता हुने चीन भ्रमणमा अमेरिकी व्यापार तथा प्रविधि क्षेत्रका शीर्ष कार्यकारीहरू सहभागी हुने भएका छन् । बीबीसीका अनुसार ट्रम्पसँग चीन जाने प्रतिनिधिमण्डलमा एप्पलका सीईओ टिम कूक, टेस्ला र स्पेशएक्सका सीईओ एलन मस्कलगायत १७ जना प्रमुख अमेरिकी व्यवसायी समावेश छन् ।
यस भ्रमणका क्रममा ट्रम्पले सि जिनपिङसँग भेट गर्ने कार्यक्रम रहेको छ । अमेरिका र चीनबिच बढ्दो आर्थिक तथा प्रविधिगत प्रतिस्पर्धाका बिच यो भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । प्रतिनिधिमण्डलमा मेटाकी अध्यक्ष तथा उपाध्यक्ष डिना पावेल म्याककोर्मिक, बोइङका प्रमुख केली ओर्टबर्ग, भिसाका प्रमुख रायन म्याकइनर्नी, ब्ल्याकस्टोनका स्टीफन स्वार्जम्यानलगायत अन्य वित्तीय, प्रविधि र उत्पादन क्षेत्रका अधिकारीहरू पनि सहभागी हुने जनाइएको छ ।
तर यस टोलीमा चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख जेनसेन हुआङ समावेश छैनन् । एनभिडिया अमेरिका–चीनबीचको चिप तथा कृत्रिम बौद्धिकता (एआई) प्रतिस्पर्धाको केन्द्रमा रहेको कम्पनी मानिन्छ । गत साता सीएनबीसीको अन्तर्वार्तामा निमन्त्रणा आए आफू चीन भ्रमणमा सहभागी हुनु गौरवको विषय हुने जेनसेनले हुआङले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
-
गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्यो अनुभवी इन्जिनियर
-
युएनडीपीले भन्याे– पश्चिम एसिया द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो
-
चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै माइतीघरमा विद्यार्थी प्रदर्शन (तस्बिरहरु)
-
लामो समय अलपत्र मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न
-
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण