विदेश पठाउँछु भनेर ३५ लाख ठगेको आरोपमा एकजना पक्राउ
मङ्गलबार, २९ वैशाख २०८३, १२ : ५७
सारांश
- विदेश पठाउने भन्दै ३५ लाख ७० हजार ठगी गरेको आरोपमा प्रहरीले शैलेन्द्र पाण्डेलाई पक्राउ गरेको छ ।
- पाण्डेले सर्विया र स्लोभाकिया लगायतका देशमा आकर्षक रोजगारीमा पठाउँछु भनी १३ जना पीडितबाट रकम लिएका थिए ।
- काठमाडौँको नागार्जुन नगरपालिकाबाट पक्राउ परेका पाण्डेलाई वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।
काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ घर भएर काठमाडौँ बस्दै आएका ४७ वर्षीय शैलेन्द्र पाण्डे छन् ।
विदेशमा आकर्षक तलबको रोजगारीमा पठाउँछु भनेर उनले ३५ लाख ७० हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए ।
सर्विया र स्लोभाकिया लगायतका देशमा पठाउँछु भनेर उनले १३ जना पीडितहरुबाट रकम लिएर सम्पर्क विहीन भएका थिए । सोमबार काठमाडौँको नागार्जुन नगरपालिका–९ बाट पक्राउ गरेर उनलाई वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण