उपनेता पराजुलीको अभिव्यक्तिप्रति कांग्रेसका सचेतक राईको आपत्ति
सारांश
- कांग्रेस सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको न्यायाधीशबारेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
- राईले दुई तिहाइको दम्भ देखाउँदै न्यायाधीशमाथि गरिएको टिप्पणी अराजनीतिक र असंवैधानिक भएको बताए ।
- संविधानले महाभियोग लागेका बाहेक अन्य अवस्थामा न्यायाधीशबारे सदनमा बहस गर्न नपाइने उल्लेख गरेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले न्यायाधीशका बारे रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस सचेतक राईले दुई तिहाइको दम्भ देखाउँदै न्यायाधीशमाथि गरिएको टिप्पणी अराजनीतिक मात्र नभई असंवैधानिक समेत भएको भन्दै आपत्ति जनाए ।
महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख रहे पनि रास्वपा सांसदले सदनलाई लत्काएर न्यायाधीशको बारेमा टिप्पणी गरेको उनले बताए । उनले यस विषयमा सभामुखले समेत ध्यान दिनुपर्नेमा जोड दिए । राईले सरकारको नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई रुलिङ गरेर सभामा बोलाउन माग गरे ।
कांग्रेस सचेतक राईले धारणा राखेपछि रास्वपा दलका नेता पराजुलीले उठेर विरोध जनाएका थिए । तर सभामुखले मंगलबारको धारणा हेर्न बाँकी रहेको भन्दै बस्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण