कोभिडकालमा उडान रद्द प्रकरण : रायन एयरमाथिको ४९ लाख डलर जरिवाना खारेज
बुधबार, ३० वैशाख २०८३, १३ : ४६
रोम । इटलीको सर्वोच्च प्रशासनिक अदालतले आइरिस विमान सेवा प्रदायक कम्पनी रायन एयरमाथि लगाइएको ४२ लाख युरो (करिब ४९ लाख ३० हजार अमेरिकी डलर) जरिवाना खारेज गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इटालीको प्रतिस्पर्धा हेर्ने नियामक निकायले कोभिड–१९ महामारीका बेला उडान रद्द गरेको विषयमा रायन एयरलाई उक्त जरिवाना लगाएको थियो ।
रायन एयरका प्रमुख कार्यकारी अधिकृत माइकल ओलियरीले अदालतले नियामक निकाय एजीसीएमले अन्य एयरलाइन्सको तुलनामा रायन एयरमाथि फरक मापदण्ड लागू गरेको ठहर गरेको बताएका छन् ।
ओलियरीले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई नियामक निकायमा तत्काल सुधार गर्न आग्रह गरेका छन् । उनले डिसेम्बरमा एजीसीएमले लगाएको अर्को २५६ मिलियन युरो जरिवानाविरुद्ध पनि रायन एयरले अपिल गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण