ट्रम्पको चीन भ्रमण टोलीमा को-को छन् उद्योगी तथा व्यवसायी ?
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चीन भ्रमणमा अमेरिकी व्यापार र प्रविधि क्षेत्रका चर्चित प्रमुख कार्यकारी अधिकृतहरूलाई साथमा लगेका छन् ।
- भ्रमण टोलीमा एप्पलका सीईओ टिम कुक, टेस्लाका सीईओ एलन मस्क, एनभिडियाका सीईओ जेन्सेन हुआङ, मेटा, भिसा, जेपी मोर्गन चेज, बोइङका प्रतिनिधिहरू समावेश छन् ।
- यो भ्रमणलाई अमेरिका-चीन सम्बन्धका लागि महत्त्वपूर्ण मानिएको छ, जहाँ दुई देशबीच आर्थिक र प्रविधि प्रतिस्पर्धा तीव्र छ ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा निस्किएका छन् । भ्रमणमा आफ्नो साथमा ट्रम्पले अमेरिकी व्यापार र प्रविधि क्षेत्रका चर्चित प्रमुख कार्यकारी अधिकृतहरूलाई पनि चीन लगेका हुन् ।
बेइजिङमा हुने औपचारिक भ्रमणमा घरेलु चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ, एप्पलका सीईओ टिम कूक, टेस्ला र स्पेशएक्सको सीईओ एलन मस्कलगायत सहभागी रहेका छन् । साथै मेटा, भिसा, जेपी मोर्गन चेज, बोइङका प्रतिनिधिहरू पनि टोलीमा समावेश छन् । बीबीसीका अनुसार ट्रम्पसँग चीन जाने अमेरिकी प्रतिनिधिमण्डलमा एक दर्जनभन्दा बढी प्रमुख कार्यकारीहरू सहभागी छन् ।
यो भ्रमणलाई अमेरिका–चीन सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ । पछिल्लो समय दुई देशबीच आर्थिक तथा प्रविधि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यस्तोमा ट्रम्प र उनको चिनियाँ समकक्षी सि जिनपिङबिच हुन लागेको यस भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ । वि
शेषगरी एनभिडियाका प्रमुख जेन्सेन हुआङ अन्तिम समयमा भ्रमण टोलीमा समावेश हुनुलाई अर्थपूर्ण मानिएको छ । एनभिडियाका उन्नत कृत्रिम बौद्धिकतामा आधारित चिपहरू अहिले अमेरिका–चीन प्रतिस्पर्धाको केन्द्रमा रहेका छन् । हुआङ ट्रम्पको विज्ञान तथा प्रविधि सल्लाहकार परिषद्मा पनि सदस्य छन् । यस परिषद्मा फेसबुकका मार्क जुकरबर्ग र ओर्याकलका सह–संस्थापक ल्यारी एलिसन पनि छन् ।
यस भ्रमणमा सहभागी अन्य प्रमुख कार्यकारीहरूमा केली ओर्टबर्ग, रायन म्याकइनर्नी, स्टीफन स्वार्जम्यान, जेन फ्रेजर, डेभिड सोलोमन टाइफ माइकल मिबाच पनि छन् । माइक्रोन टेक्नोलोजीका सीईओ सञ्जय मेहरोत्राको सहभागिता पनि चासोका साथ हेरिएको छ ।
यस कम्पनीका केही चिपहरूलाई चीनले सन २०२३ मा राष्ट्रिय सुरक्षाको कारण देखाउँदै महत्त्वपूर्ण पूर्वाधारमा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । यस कदमका कारण चीनमा आफ्नो व्यापार प्रभावित भएको कम्पनीले जनाएको थियो । विश्लेषकहरूका अनुसार सेमिकन्डक्टर प्रविधि अहिले पनि अमेरिका–चीन आर्थिक सम्बन्धको मुख्य केन्द्रमा रहेको छ, यद्यपि प्रविधि नियन्त्रण र निर्यात प्रतिबन्धलाई लिएर तनाव जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् सेवा नियमित गर्न जेनजी युवाको माग
-
स्ट्रेट अफ होर्मुजमा शुल्क उठाउने प्रस्ताव ओमानले गर्यो अस्वीकार
-
उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन, आजका सबै सुनुवाइ स्थगित
-
सुरक्षा चुनौतीबिच पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन जारी
-
युक्रेनी आक्रमणका कारण इन्धन अभाव भएको पुटिनको स्वीकारोक्ति
-
नगर प्रहरीलाई कानुनले नदिएको अधिकार अदालतले दियो कि ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण