बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘ट्रम्पले चीनसँग धेरै आशा गर्नु हुन्न’

बुधबार, ३० वैशाख २०८३, १४ : १४
बुधबार, ३० वैशाख २०८३

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको भ्रमणमा निस्किएका छन् । यस भ्रमणमा ट्रम्पले चीनसँग धेरै आशा गर्न नहुने विश्लेषण गरिएको छ ।

ट्रम्पले इरान युद्ध अन्त्य गर्न चीनबाट धेरै सहयोगको अपेक्षा गर्नु उपयुक्त नहुने बताएका दोहा इन्स्टिच्युट फर ग्रेजुएट स्टडिजका मिडिया अध्ययन प्राध्यापक मोहम्मद एल्मास्रीले बताएका छन् ।

चीनले इरानसँगको आफ्नो सम्बन्ध कमजोर बनाउने सम्भावना नरहेको उनको भनाइ छ । चीन अन्य धेरै विश्व शक्तिको तुलनामा राम्रो अवस्थामा रहेको उनले बताए ।

चीनले इरानसँगको मजबुत सम्बन्ध यथावत् राख्न खोजेको उनको बुझाई छ । ‘उनीहरूलाई केही हदसम्म चोट लागेको छ, तर मलाई के लाग्छ भने चीन धेरै अन्य विश्वव्यापी खेलाडीहरू भन्दा धेरै राम्रो स्थितिमा छ,’ एल्मास्रीले भने । स्टेट अफ होर्मुजमा अवरोध जारी रहेको भए पनि चीनले वैकल्पिक उपायहरू खोज्न सफल भएको उनी भन्छन् ।

एलमास्रीका अनुसार चीन इरानसँगको सम्बन्धलाई रणनीतिक साझेदारीका रूपमा हेर्छ । ‘उनीहरू औपचारिक सहयोगी होइनन्, बरु यो त एउटा रणनीतिक साझेदारी हो,’ उनले भने ।

इरानलाई चीनले मध्यपूर्वमा अमेरिकी प्रभावको प्रतिरोध गर्ने महत्त्वपूर्ण शक्ति मान्ने पनि उनले बताए । ‘चीन अमेरिका र इजरायललाई पूरा क्षेत्र सुम्पिन तयार छैन,’ उनले थपे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप