प्रहरीका गोप्य गतिविधिको फोटो र भिडियो सामाजिक सञ्जालमा हाल्ने युवक पक्राउ
बुधबार, ३० वैशाख २०८३, २० : २५
काठमाडौँ । प्रहरीका गोप्य गतिविधि र संवेदनशील स्थानहरूको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरले सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं. ८ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. २१ खोकना बस्ने २२ वर्षीय सविन तामाङलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको आन्तरिक गतिविधि र सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने ठाउँको दृश्यहरू अनधिकृत रूपमा सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तामाङमाथि जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण