न्यूयोर्कमा गोप्य चिनियाँ प्रहरी थाना सञ्चालन गरेको आरोपमा अमेरिकी नागरिक दोषी ठहर
सारांश
- अमेरिकी नागरिक लु जियानवाङलाई अमेरिकामा चीन सरकारका लागि गोप्य प्रहरी थाना सञ्चालन गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।
- उनले म्यानह्याटनको चाइना टाउनमा सन् २०२२ को सुरुमा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका लागि अनौपचारिक कार्यालय स्थापना र सञ्चालन गरेको अभियोग छ ।
- अभियोजन पक्षका अनुसार लुले उक्त कार्यालयमार्फत चीन सरकारको राजनीतिक उद्देश्यअनुसार विदेशमा रहेका आलोचक र असन्तुष्ट पक्षहरूलाई लक्षित गरेका थिए ।
वासिङ्टन डीसी । अमेरिकी नागरिक लु जियानवाङलाई अमेरिकामै चीन सरकारका लागि अवैध रूपमा कथित ‘गोप्य प्रहरी थाना’ सञ्चालन गरेको अभियोगमा जुरीले दोषी ठहर गरेको छ ।
प्रहरी तथा अभियोजन पक्षका अनुसार उनले म्यानह्याटनको चाइना टाउन क्षेत्रमा सन् २०२२ को सुरुमा चीनको सार्वजनिक सुरक्षा मन्त्रालय (एमपीएस) का लागि कथित रूपमा एउटा अनौपचारिक कार्यालय स्थापना र सञ्चालन गरेका थिए । सो स्थानलाई पछि अमेरिकामा पहिलो ज्ञात गोप्य प्रहरी थाना भनेर वर्णन गरिएको छ ।
लुलाई विदेशी सरकारको अवैध एजेन्टको रूपमा काम गरेको, प्रमाण नष्ट गरेर न्यायिक प्रक्रियामा अवरोध पुर्याएको भन्ने आरोपमा दोषी ठहर गरिएको हो । उनका सहअभियुक्त चेन जिनपिङले भने २०२४ को डिसेम्बरमै दोष स्वीकार गरेर सजाय पर्खिरहेका छन् ।
अभियोजन पक्षका अनुसार लुले उक्त कार्यालयमार्फत चीन सरकारको राजनीतिक उद्देश्यअनुसार विदेशमा रहेका आलोचक र सरकारसँग असन्तुष्ट पक्षहरूलाई लक्षित गरेको आरोप छ । अमेरिकी सङ्घीय अनुसन्धान विभाग (एफबीआई) का सहायक निर्देशक जेम्स सी. बार्नेकल जुनियरले भने, ‘लुले न्यूयोर्क सिटीमा रहेको प्रहरी थानाको प्रयोग गरेर चीनसँग असन्तुष्ट रहेकाहरूलाई लक्षित गरे ।’
रिपोर्टअनुसार यस्तो प्रकारका करिब सयभन्दा बढी अनौपचारिक स्टेसनहरू ५३ वटा देशमा भेटिएको छ । मानवअधिकार समूहहरूले यी संरचनाहरूलाई विदेशमा रहेका चिनियाँ नागरिक र प्रजातन्त्र समर्थक अभियन्तालाई निगरानी तथा दबाब दिन प्रयोग गरिएको आरोप लगाएका छन् । तर चीन सरकारले यी आरोप अस्वीकार गर्दै यस्ता स्थानहरू सेवा केन्द्र मात्रै भएको दाबी गरेको छ, जसले विदेशमा रहेका नागरिकलाई प्रशासनिक सहयोग, महामारी सहायता वा ड्राइभिङ लाइसेन्स नवीकरणजस्ता सेवा दिन्छन् ।
न्यूयोर्कको उक्त कथित स्टेसन चाइना टाउन क्षेत्रमा एउटा रामेन पसलमाथिको तलामा सञ्चालन भएको थियो र २०२२ को अन्त्यतिर एफबीआईको अनुसन्धानपछि बन्द गरिएको थियो । अभियोजनका अनुसार अनुसन्धान सुरु भएको थाहा पाएपछि आरोपीहरूले चीनका एमपीएसका अधिकारीसँगको टेक्स्ट मेसेजहरू समेत नष्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण