मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रम्प–सीबीचको लञ्चमा ‘कुङ पाओ चिकेन’ देखि ब्राउनीसम्म

शुक्रबार, ०१ जेठ २०८३, १२ : १३
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच व्यापार, सुरक्षा र द्विपक्षीय सम्बन्धका विषयमा गहन वार्ता भएको छ ।
  • ट्रम्पको चीन भ्रमणका क्रममा दुई नेताले एकसाथ लन्च गरेका थिए, जसको मेनु ट्रम्पको खानपान रुचिलाई ध्यानमा राखेर तयार पारिएको थियो ।
  • लन्चमा कोडफिस सुप, बीफ फिलेट, कुङ पाओ चिकेन, सी-फुड डम्प्लिङ जस्ता परिकारका साथै चकलेट ब्राउनी र फलफूल पनि समावेश थिए ।

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला चीनमा छन् । चीनको दुई दिने राजकीय भ्रमणमा पुगेका ट्रम्प र सीबीच यतिबेला गहन वार्ता भइरहेको छ । दुवै देशका सीमित उच्च अधिकारीहरूको उपस्थितिमा दुई नेताले व्यापार, सुरक्षा र द्विपक्षीय सम्बन्धका संवेदनशील विषयमा छलफल गरेका थिए । 

यस क्रममा दुबैले एक साथ लन्च पनि गरेका थिए । ह्वाइट हाउसका अनुसार लन्चको मेनु ट्रम्पको खानपान रुचिलाई ध्यानमा राखेर तयार गरिएको थियो । यसमा समुद्री खाना, मासु, तरकारी तथा चिनियाँ परम्परागत परिकारहरूको मिश्रण समावेश थियो । 

लन्चमा कोडफिस सुप, स्टिर–फ्राइड गरिएको कुरकुरे लोब्स्टर बल्स, मोरेल च्याउ हालेर बनाइएको बीफ फिलेट, तथा स्क्यालप्स जस्ता प्रिमियम परिकारहरू समावेश थिए । यी परिकारहरू अमेरिकी र चिनियाँ उच्चस्तरीय भेटघाटमा सामान्यतया प्रस्तुत गरिने “फ्युजन” शैलीको प्रतिनिधित्व गर्ने किसिमका थिए ।

यसमा अन्य परिकारहरूमा चिनियाँ लोकप्रिय डिश कुङ पाओ चिकन विशेष आकर्षणका रूपमा रहेको थियो । यससँगै मौसमी हरियो सागसब्जी, बाँसका टुसा, च्याउ, स्टीम्ड पोर्क तथा झिंगे माछाको डम्प्लिङ पनि मेनुमा थिए । डेजर्टमा भने चकलेट ब्राउनी, ताजा फलफूल, आइसक्रिम, कफी र चिया राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप