मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
ट्रम्पको चीन भ्रमण

सीईओको हुल बोकेर चीन पुगेका ट्रम्पले गर्न सकेनन् ठुला व्यापार सम्झौता

शुक्रबार, ०१ जेठ २०८३, १९ : ३०
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणले ठूला व्यापार सम्झौता र संरचनात्मक सहमतिमा अपेक्षाभन्दा कमजोर परिणाम दिएको छ।
  • भ्रमणमा बोइङ विमान खरिदको सम्झौता दाबी गरिए पनि बजारमा यसको नकारात्मक प्रतिक्रिया आएको छ।
  • ताइवान मुद्दा सबैभन्दा संवेदनशील विषय बनेको छ, जसले दुई देशबीचको व्यापार वार्तामा भू-राजनीतिक तनावलाई उजागर गरेको छ।

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने चीन भ्रमण सकेर स्वदेश फर्किसकेका छन् ।

बेइजिङमा अन्तिम वार्ताका लागि चिनियाँ समकक्षी सी चिनफिङलाई भेट्नुअघि ट्रम्पले चीनसँगको सम्बन्धलाई 'विश्वकै सबैभन्दा महत्त्वपूर्ण आर्थिक सम्बन्ध' भनी व्याख्या गरेका थिए । तर व्यापक अपेक्षासहित सुरु भएको यो भ्रमण अन्ततः ठुला व्यापार सम्झौता र दीर्घकालीन संरचनात्मक सहमतिहरूमा अपेक्षाभन्दा कमजोर परिणामसहित समाप्त भएको छ ।

यो भ्रमण केवल कूटनीतिक भेटघाट नभई विश्वका ठुला कम्पनीहरूका सीईओहरूको उपस्थितिका कारण अत्यन्तै उच्च व्यापारिक महत्त्वका रूपमा हेरिएको थियो । कृषि, विमान, विद्युतीय सवारी (ईभी), कृत्रिम बुद्धिमत्ता (एआई) चिप्स तथा सेमिकन्डक्टर क्षेत्रका प्रमुख कम्पनीका सीईओ यस प्रतिनिधिमण्डलमा सहभागी थिए, यसले अमेरिका–चीन सम्बन्धलाई केवल राजनीतिक नभई प्रविधि र विश्व अर्थतन्त्रको केन्द्रमा रहेको प्रतिस्पर्धाको रूपमा पुनः उजागर गरेको छ । तर वार्ताको प्रारम्भिक दिनहरूका दृश्य मुख्य रूपमा औपचारिकता, भव्य समारोह र सकारात्मक बयानहरूमा केन्द्रित रहे । दुवै देशका नेताहरूले न्यानोपन देखाए पनि ठोस आर्थिक सम्झौता भने सीमित मात्रामा मात्रै बाहिर आयो ।

भ्रमणको मुख्य दिन बिहीबार ट्रम्प र सीबिच करिब दुई घण्टाभन्दा बन्द कोठामा लामो गहिरो छलफल भएको थियो । अमेरिकी पक्षले यस वार्तालाई अत्यन्तै उत्पादक भनेर मूल्याङ्कन गरे पनि कुनै ठुलो व्यापार सम्झौता, कर संरचना परिवर्तन वा दीर्घकालीन आर्थिक सहमति तत्काल घोषणा गरिएन । ट्रम्पले बेइजिङस्थित उच्चस्तरीय सरकारी सभामा यो सम्भावित रूपमा 'सबैभन्दा ठुलो शिखर बैठक' हुन सक्ने बताएका थिए । तर चीन पक्षले भने वार्तामा प्रगति भएको संकेत दिँदै एकैसाथ कडा चेतावनी पनि दियो । सीले विशेष रूपमा ताइवान मुद्दालाई उठाउँदै यो विषय गलत रूपमा व्यवस्थापन गरिए अमेरिका र चीन 'ठोक्किन वा सैन्य द्वन्द्वमा जान सक्ने' अवस्था आउन सक्ने चेतावनी दिए, यसले दुई पक्षबिच व्यापार वार्ता भए पनि सुरक्षा र भू–राजनीतिक तनाव अझै गहिरो रूपमा कायम रहेको देखाउँछ । 

xi-trump3

बोइङ सम्झौता दाबी र बजार प्रतिक्रिया

वार्तापछि ट्रम्पले फक्स न्यूजसँग कुरा गर्दै चीनले २०० वटा बोइङ विमान खरिद गर्ने सहमति जनाएको दाबी गरे । चीनले यस पटक कम्तीमा ५०० थान बोइङ ७३७ म्याक्सको अर्डर दिने विश्लेषकहरूले अपेक्षा गरेका थिए । दुई पक्षबिच कुराकानीमा यसबाहेक अरू दर्जनौँ वाइडबडी जेट खरिदका लागि वार्ता भइरहेको खबर आएका थिए । तर चीनबाट अपेक्षाकृत थोरै अर्डर आयो । अमेरिका र चीन दुवैले यस सम्झौताको विवरण सार्वजनिक गरेका छैनन् ।  यदि यो कार्यान्वयनमा आए चीनले लगभग एक दशकपछि गरेको यो सबैभन्दा ठुलो अमेरिकी व्यावसायिक विमान खरिद हुनेछ । तर यस घोषणापछि बजारमा सकारात्मक प्रतिक्रिया आउनुको सट्टा उल्टो असर देखियो । बोइङका सेयरहरू ४ प्रतिशतभन्दा बढीले घटे । यसले लगानीकर्ताहरूमा सम्झौताको वास्तविकता र यसको दिगोपनबारे शंका रहेको संकेत गर्छ ।

विशेषज्ञहरूले यसलाई 'घोषणात्मक सम्झौता तर कार्यान्वयन अनिश्चित' भएको टिप्पणी गरेका छन् । चीनले विगतमा पनि ठुला खरिद प्रतिबद्धता गरे पनि कार्यान्वयन ढिलो हुने वा सीमित हुने अवस्था देखिएको थियो । 

अस्थायी व्यापार युद्धविराम र स्थिरता

यस भ्रमणको पृष्ठभूमिमा अमेरिका र चीनबिच पहिले नै गरिएको अस्थायी व्यापार युद्ध विराम पनि रहेको छ । यसअन्तर्गत दुवै देशले एक अर्काको देशबाट आफ्नो देशमा भित्रिने सामानमा भन्सारमा लाग्ने अतिरिक्त महसुल रोक्ने र चीनले दुर्लभ खनिज निर्यातमा केही सहजता दिने सहमति गरेका थिए, तर यो सम्झौता दीर्घकालीन होइन । यसको अवधि नोभेम्बरमा समाप्त हुने भएकाले त्यसपछि के हुन्छ भन्ने विषय अझै अनिश्चित छ ।

ट्रम्पसँग चीन भ्रमणमा रहेका अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले ब्लुम्बर्ग टीभीसँगका कुराकानीमा यसलाई विस्तार गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय नगरिएको बताएका थिए । दुवै नेताहरू ट्यारिफ वार्ता पुनः खोल्नु नपर्नेगरी सम्बन्ध व्यवस्थापन गर्ने हेतुले व्यापार बोर्ड स्थापना गर्न सहमत भएको ह्वाइट हाउसले भनेको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बजनेस न्युज च्यानल सीएनबीसीलाई पहिला नै रेकर्ड गरिएको एउटा अन्तर्वार्तामा व्यापार सम्बन्ध व्यवस्थापन गर्न नयाँ संयन्त्र बनाउने विषयमा छलफल भइरहेको बताएका थिए । यद्यपि, यी संयन्त्र पूर्ण रूपमा सञ्चालनमा आउनुअघि कैयौँ काम गर्न बाँकी रहेको अमेरिकी अधिकारीहरूले भनिरहेका छन् ।

अमेरिका–चीन सम्बन्धलाई केवल राजनीतिक नभई प्रविधि र विश्व अर्थतन्त्रको केन्द्रमा रहेको प्रतिस्पर्धाको रूपमा पुनः उजागर गरेको छ । तर वार्ताको प्रारम्भिक दिनहरूका दृश्य मुख्य रूपमा औपचारिकता, भव्य समारोह र सकारात्मक बयानहरूमा केन्द्रित रहे । दुवै देशका नेताहरूले न्यानोपन देखाए पनि ठोस आर्थिक सम्झौता भने सीमित मात्रामा मात्रै बाहिर आयो ।

प्रविधि र व्यापार

ट्रम्पको पछिल्लो भ्रमणमा शीर्ष अमेरिकी व्यापारीहरूको जत्था नै बेइजिङ पुगेको थियो । चीनसँगको व्यापार तनावका बिचमा अमेरिकी सीईओहरू बेइजिङ जानुलाई निकै महत्त्वका साथ हेरिएको थियो । एयर फोर्स वन बेइजिङमा अवतरण गरेपछि पेट हेगसेथ, मार्को रुबियो जेमसन ग्रिरभन्दा अगाडि विमानबाट खर्बपति व्यापारी एलन मस्क निस्किए ।

स्वागत समारोहमा मस्क र चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेनसेन हुआङ ट्रम्पको नजिकमा बसेका थिए । यसले अमेरिका र चीन सम्बन्धमा ईभी, एआई र चिप कत्तिको महत्त्वपूर्ण छ भन्ने संकेत गरिरहेको थियो । यी दुवै कम्पनीको चीनमा ठुलो व्यापार छ । टेस्ला शाङहाईको गिगाफ्याक्ट्री र चिनियाँ उपभोक्तामाथि निकै निर्भर छ भने एनभिडिया एआईको दौड र उन्नत चिप निर्यातमा अमेरिकाले लगाएको अंकुशको केन्द्रमा छ ।

ट्रम्पसँग चीन आउने प्रतिनिधिमन्डलमा हुआङ्को नाम नै थिएन । उनलाई अन्तिम क्षणमा यसमा सामेल गराइएको थियो । एक्कासि हुआङ ट्रम्पको भ्रमण टोलीमा आउनुले एआई र चिपको पहुँचबारे ठुलै छलफल हुने अड्कलबाजी चर्किएको  थियो । ट्रम्पले पछि फक्स न्युजलाई चीनले ‘ती मानिसहरूसँग सयौँ अर्ब डलर लगानी गर्नेछ’ भनेर भनेका थिए, तर यसो भनिरहँदा उनले थप विवरण भने दिएनन् ।

xi-trump2

बजारमा पहुँच र सहकार्य

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरका अनुसार चिनियाँ कृषि वस्तु र गाईको मासु खरिदसम्बन्धी सम्झौताहरू दृढ पारिएका छन् । अमेरिकाका किसानहरूले भटमास, गाईको मासु, कुखुराको मासुको लागि थप चिनियाँ पहुँच खोजिरहेका छन्, तर कुनै ठोस विवरण घोषणा गरिएको छैन । ह्वाइट हाउसका अनुसार वार्तामा अमेरिकी कम्पनीहरूको लागि चिनियाँ बजार पहुँच विस्तार गर्ने र अमेरिकी उद्योगहरूमा चिनियाँ लगानी बढाउनेबारे छलफल समावेश थियो ।

समाचार साइट सिन्ह्वाका अनुसार सीले अमेरिकी व्यापारिक नेताहरूलाई चीनको ढोका फराकिलो खुल्ने र अमेरिकी फर्महरूको चिनियाँ बजारमा बृहत्तर सम्भावना हुने बताए । द्विपक्षीय सम्बन्धलाई पारस्परिक रूपमा लाभदायक र दुवैलाई जित हुने नतिजा दिँदै व्यापार, कृषि, स्वास्थ्य सेवा, पर्यटन र कानुन प्रवर्तनमा विस्तारित सहयोगको लागि पनि उनले आह्वान गरे । अमेरिकी कम्पनीहरूका लागि चीन ठुलो बजार हो । तर नियमन, सरकारी कामकाजमा ढिलाइ र भू–राजनीतिक अनिश्चितताका कारण यहाँ व्यापार गर्न उनीहरूलाई निकै कठिन छ ।

सबैभन्दा संवेदनशील मुद्दाः ताइवान

वार्तामा सबैभन्दा गम्भीर र संवेदनशील विषय ताइवान बन्यो । चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ, जबकि अमेरिका ताइवानको सुरक्षा र स्वशासनलाई समर्थन गर्दै आएको छ । विगत एक वर्षदेखि चलिरहेको व्यापार वार्तामा, ताइवानलाई अमेरिका र चीनबिचको धेरै घर्षण बिन्दुहरू मध्ये एकका रूपमा हेरिएको थियो । विशेषगरी ताइवानी चिप निर्माता कम्पनीहरूसँगको अमेरिकी सहकार्य, अमेरिका–ताइवान व्यापार सम्बन्ध, र ताइपेईलाई हतियार बिक्रीको कारण पनि यो मुद्दा पेचिलो रहँदै आएको छ । तर बैठकबाट प्राप्त चिनियाँ सन्देशले ताइवानलाई अमेरिका–चीन व्यापार सम्बन्धको लागि एक सर्तका रूपमा बढ्दो रूपमा प्रस्तुत गरिँदैछ भन्ने सुझाव दिएको छ ।

सुल्झिन नसकेको मुद्दा

अमेरिका र चीनबिचको सबैभन्दा ठुलो र दीर्घकालीन विवाद प्रविधि क्षेत्रमा देखिन्छ । अमेरिका अहिले चीनलाई अत्याधुनिक सेमिकन्डक्टर र एआई चिप्समा पहुँच सीमित गर्न कडा निर्यात नियन्त्रण नीति लागु गरिरहेको छ । यसको उद्देश्य चीनलाई उच्चस्तरीय कृत्रिम बौद्धिकता (एआई) क्षमता विकास गर्न रोक्नु वा ढिलो गर्नु हो । तर चीनले यसलाई आफ्नो औद्योगिक विकासमाथि रोक लगाउने प्रयासको रूपमा आलोचना गर्दै आएको छ ।

वार्तामा सबैभन्दा गम्भीर र संवेदनशील विषय ताइवान बन्यो । चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ, जबकि अमेरिका ताइवानको सुरक्षा र स्वशासनलाई समर्थन गर्दै आएको छ । विगत एक वर्षदेखि चलिरहेको व्यापार वार्तामा, ताइवानलाई अमेरिका र चीनबिचको धेरै घर्षण बिन्दुहरू मध्ये एकका रूपमा हेरिएको थियो ।

एआई ट्रम्प–सी वार्ताको प्रमुख विषय हुने अपेक्षा भए पनि प्रारम्भिक रिपोर्टहरूमा यसबारे धेरै विवरण सार्वजनिक गरिएको छैन । एआई सर्वाेच्च प्राथमिकता भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिकी प्रतिनिधिमण्डलहरूले शिखर सम्मेलनमा एआई गार्डरेलिङबारे छलफल गरिरहेको बेसेन्टले भनेका थिए । अमेरिकाले एआईमा चीनमाथि आफ्नो अग्रता कायम राख्नु अत्यन्त महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

‘हामी गर्न नचाहेको चिज भनेको नवप्रवर्तनलाई दबाउने हो । त्यसैले हाम्रो जिम्मेवारी भनेको उच्चतम प्रदर्शन गणनाको साथ आउनु हो, जहाँ हामीले सबैभन्दा बढी नवप्रवर्तन र उच्चतम स्तरको सुरक्षा प्राप्त गर्न सक्छौं,' बेसेन्टले भने । ट्रम्पले इरान द्वन्द्व र तेल बजार स्थिरतामा चिनियाँ सहयोगको आशा गर्दै वार्तामा पनि प्रवेश गरेका थिए । ‘सी होर्मुज स्ट्रेट खुला भएको हेर्न चाहन्छन्,' ट्रम्पले फक्स न्यूजलाई भनेका थिए, 'यदि मैले कुनै पनि मद्दत गर्न सक्छु भने म मद्दत गर्न चाहन्छु ।'

चिनियाँ विदेश मन्त्रालयले शुक्रबार व्यापक र दिगो युद्धविरामको लागि आह्वान गर्दै एक विज्ञप्ति जारी गरेको छ । ‘अन्तर्राष्ट्रिय समुदायको आह्वानको प्रतिक्रियामा ढुवानी लेनहरू सकेसम्म चाँडो पुनः खोलिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ । स्ट्रेट अफ होर्मुज विश्वको ऊर्जा आपूर्तिको अत्यन्त महत्त्वपूर्ण मार्ग हो । तेल आपूर्ति अवरोधले चीनको ऊर्जा आयात लागत बढाउने भएकाले यो विषय चीनका लागि पनि रणनीतिक रूपमा महत्त्वपूर्ण बनेको छ ।

बिहीबार साँझ बेइजिङमा आयोजित राजकिय भोजमा ट्रम्पले राष्ट्रपति सीलाई आगामी २४ सेप्टेम्बरमा वाशिङ्टन भ्रमणको निमन्त्रणा दिएका छन् । विश्वका दुई ठुला अर्थतन्त्रहरूले यस पटकको व्यापार वार्तामा खासै प्रगति हासिल गर्न सकेनन् । सी अमेरिका भ्रमणमा जानुअघि दुई पक्षबिच थप वार्ता पक्कै हुनेछ । यी वार्तामा यस पटकको वार्तामा हासिल हुन नसकेको सफलता हासिल होला त ? त्यो भने समयले नै बताउनेछ ।

बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप