शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा अमानवीय व्यवहार : बोक्सी भन्दै महिलालाई मलमुत्र खुवाइयो, एक जना पक्राउ

शनिबार, ०२ जेठ २०८३, २० : ०३
शनिबार, ०२ जेठ २०८३

सारांश

  • रौतहटको कटहरीया नगरपालिकामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट र अमानवीय व्यवहार गरिएको छ।
  • आरोपमा महिलालाई मलमुत्रसमेत खुवाइएको र घटनामा संलग्न एक जना पक्राउ परेका छन्।
  • प्रहरीले फरार रहेका राजेन्द्र माझीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

काठमाडाैँ ।  रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न भई फरार रहेका राजेन्द्र माझीलाई मिति शुक्रबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विष्णु प्रदीप बस्यालले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप