बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

आइतबार, ०३ जेठ २०८३, १७ : २९
आइतबार, ०३ जेठ २०८३

बैतडी । जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ । पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब ३ः ३० बजे आगलागी भएको हो ।

नजिकै रहेको फोहर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको मद्दतमा ४ः ०० बजे आगो नियन्त्रणमा लिइएको उनले बताए । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप