पाठ्यक्रम संक्षेपीकरण नगरे आइतबारको बिदा विद्यार्थीलाई बोझ हुन्छ : सांसद शर्मा
बिहीबार, ०७ जेठ २०८३, १२ : ०५
१
सारांश
- सांसद बलावती शर्माले सरकारको नयाँ निर्णयले शिक्षण संस्थामा नराम्रो धक्का पुगेको बताएकी छन् ।
- उनले पाठ्य घण्टा र कार्य घण्टाबिच तालमेल नमिलेको भन्दै पाठ्यक्रम संक्षेपीकरण वा आइतबारको बिदामा पुनर्विचार गर्न माग गरेकी छन् ।
- उनले आइतबारको बिदाले विद्यार्थीलाई थप बोझ हुने निश्चित रहेको बताएकी छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सरकारले जारी गरेको निर्देशिका अनुसार विद्यालयमा पाठ्य घण्टा र कार्य घण्टाबिच तालमेल नमिलेको बताएकी छन् । प्रतिनिधिसभाको जारी बैठकमा सांसद शर्माले सरकारको यो निर्णयले शिक्षण संस्थामा नराम्रो धक्का पुगेको बताइन् ।
‘एक वर्षभरिको पाठ्यक्रम त्यसैमा पनि आइतबारको बिदाले विद्यार्थीको पठाइमा गुणात्मक परिमार्जन हुन्छ कि हुँदैन,’ सांसद शर्माले भनिन्, ‘सरकारले कि पाठ्यक्रम परिमार्जन गरी संक्षेपीकरण गर्नुपर्यो । होइन भने आइतबारको बिदा विद्यार्थीलाई थप बोझ दिने निश्चित छ ।’
सांसद शर्माले सरकारले हिउँदे र बर्खे बिदामा १५ दिन काटे पनि बर्खामा विद्यार्थीलाई भेल र पहिरोले जोखिम पर्ने भन्दै आइतबारको बिदामा पुनर्विचार गर्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण