सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

हिरासतमा रहेका व्यापारी सुलभ अग्रवाल अस्पताल भर्ना

बिहीबार, ०७ जेठ २०८३, १७ : १६
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।
  • ललितपुर प्रहरीको हिरासतमा रहेका अग्रवाललाई तीन दिनअघि पाटन अस्पतालमा भर्ना गरिएको हो ।
  • शङ्कर ग्रुपका सञ्चालक अग्रवालमाथि हिमालयन रि इन्स्योरेन्समार्फत रकम हिनामिना गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप छ ।

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि चिकित्सकहरूको सल्लाह अनुसार उनलाई अस्पतालमा भर्ना गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले रातोपाटीलाई बताए ।

ललितपुर प्रहरीको हिरासतमा रहेका अग्रवाललाई केही दिनअघि त्यहाँबाट स्थानान्तरण गरिएको थियो । ३ दिनअघि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको महानिर्देशक ढकालले जानकारी दिए ।

शङ्कर ग्रुपका सञ्चालक अग्रवाललाई चैत २२ मा विभागले नियन्त्रणमा लिएको थियो । हिमालयन रि इन्स्योरेन्समार्फत रकम हिनामिना गरी शुद्धीकरण गरेको कसुरमा विभागले उनीमाथि अनुसन्धान गरिरहेको छ । अग्रवालले अर्का व्यापारी दीपक भट्टसँग मिलेर सम्पत्ति शुद्धीकरण गरेको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप